ओसाका प्रान्त बिदेशीहरुलाई परामर्श डेस्क |

ओसाका प्रान्त बिदेशीहरुलाई परामर्श डेस्क |

सबै परामर्शहरु गोपनीय र निशुल्क हुनेछ ।

ओसाका प्रिफेक्चर सूचना कर्नरले विदेशी बासिन्दाहरूको लागि सुरक्षित रूपमा बस्न सक्छन् भनेर, जापानी सहित 11 भाषाहरूमा दैनिक जीबनयापन सम्बन्धी आबश्यक जानकारी लगायत अन्य फराकिलो दायरामा सूचना एबंम परामर्श सेवा उपलब्ध गर्दछ।
परामर्श व्यक्तिगत रूपमा, फोन, लाइन फोन, वा इमेल मार्फत उपलब्ध छन्।   
हामीसँग विशेषज्ञ परामर्श दिनहरू पनि उपलब्ध छन् जहाँ तपाईं वकिलहरू, प्रशासनिक लेखकहरू, क्लिनिकल मनोवैज्ञानिकहरू, र ओसाका अध्यागमन ब्यूरो र ओसाका प्रिफेक्चरल श्रम वातावरण डिभिजनका कर्मचारीहरूसँग प्रत्यक्ष कुरा गर्न सक्नुहुन्छ।
हामी जुम मार्फत पनि परामर्श गर्न सक्छौं। मिति र समयको बारेमा विस्तृत जानकारीको लागि कृपया कार्यक्रम क्यालेन्डर हेर्नुहोस्।
कृपया निर्धक्क भएर सेवा प्रयोग गर्नुहोस्।

भाषाजापानिज, अंग्रेजी, चिनियाँ, कोरियाली, पोर्चुगिज, स्पेनिस, भियतनामी, फिलिपिनी, थाई ,इन्डोनेशिया नेपाली।
अफिसखुल्ने समयतालिका◆ सोमबारーशुक्रबार 9:30am – 5:30pm (सार्वजनिक बिदा र डिसेम्बर 29 देखि जनवरी 3 सम्म बाहेक)।
◆ तेस्रो बिहीबार ・ चौथो शुक्रबार 9:30am – 8:00pm (सार्वजनिक बिदा र डिसेम्बर 29 देखि जनवरी 3 सम्म बाहेक) यदि तपाईं 5:30pm पछि आइपुग्नुहुन्छ भने, कृपया हामीलाई अग्रिम सम्पर्क गर्नुहोस् (रिजर्भेसन)।
◆ प्रत्येक महिनाको तेस्रो आइतबार 9:30am – 5:30pm
सल्लाह लिन सकिने बिषयआवासीय अनुमति, श्रम/ काम, स्वास्थ्य सेवा, कल्याण, शिक्षा, दैनिक जीवन, आदि।
बिशेषज्ञ बाट परामर्श लिने दिन र समयबिशेषज्ञ बाट परामर्श लिने दिन र समय विशेषज्ञ संग र,व्यक्तिगत परामर्श
नोट : यसको लागि अगाडीनै रिजर्भेसन लिनु पर्नेछ
◆ तेस्रो आइतबार र चौथो शुक्रबार
प्रशासनिक परामर्श, मनोवैज्ञानिक परामर्श, कानुनी परामर्श।
◆ पहिलो शुक्रबार र तेस्रो बिहीबार
श्रम परामर्शको कार्यान्वयन
◆ दोस्रो शुक्रबार
ओसाका अध्यागमन सेवा एजेन्सीका कर्मचारीहरूद्वारा परामर्श
*थप जानकारीको लागि,कृपया कार्यक्रमको क्यालेन्डर हेर्नुहोस्।
स्थान/ ठेगानाओसाका फु कोकुसई कोउरियू जाईदान
ओसाका सी च्यु ओउ कु होन माची बाशी २-५ , माई दोमु ओसाका ५ औ तला
Google Maps
सम्पर्क नम्बर०६ -६९४१ -२२९७
मेलjouhou-c@ofix.or.jp जापानिज र अंग्रेजीमा मात्र |

ओसाकाको जीवन पुस्तिका

धेरै सोधिने प्रश्न (FAQ) को लागी यहाँ क्लिक गर्नुहोस्