ओसाका प्रान्त बिदेशीहरुलाई परामर्श डेस्क |
सबै परामर्शहरु गोपनीय र निशुल्क हुनेछ ।
ओसाका प्रान्त बिदेशीहरुलाई परामर्श डेस्कमा(बहुभाषा) जापानिज भाषासमेत गरी११ वटा भाषाबाट जीबनयापन सम्बन्धी आबश्यक जानकारी लगायत अन्य फराकिलो दायरामा सूचना एबंम परामर्श सेवा उपलब्ध छ । तपाई आफै हाम्रो अफिसमा आएर , फोन गरेर , मेल या फ्याक्सबाट पनि आफ्नो समस्या राख्न सक्नुहुनेछ ।
त्यसैगरी प्रत्येक महिनाको चौथो हप्ताको आइतबार (अध्यागमन सबन्धी बिशेषज्ञ या वकिल) बाट निवास अनुमति तथा अन्य कानुनी परामर्श पनि लिन सकिन्छ । तर यसको लागि भने अगाडीनै हामीलाई जानकारी गराउनु पर्नेछ कृपया विस्तृत परामर्श अथवा मिति र समयको लागि कार्यक्रमको क्यालेन्डरमा हेर्नुहोस्।
कृपया निर्धक्क भएर आफ्नो समस्या राख्नुहोस ।
भाषा | अंग्रेजी , चाइनिज , कोरियाली /उत्तरकोरियाली , पोर्चुगिज , स्पेनिस , भियतनामी , फिलिपिनी , थाई ,इन्डोनेशिया, नेपाली र जापानिज भाषा । |
अफिसखुल्ने समयतालिका | सोमबार देखि बिहिबार बिहान ९ बजेदेखि साँझ ५ः३० बजेसम्म । (सार्बजनिक बिदा बाहेक )। शुक्रबार बिहान ९ बजेदेखि राति ९ बजेसम्म (सार्बजनिक बिदा बाहेक यदि तपाईं ५:३० बजे पछि आउदै हुनुहुन्छ भने, कृपया अग्रिम जानकारी (योयाकु) गर्नुहोला। चौथो आइतबार १३:०० बजे बाट १७:०० बजे सम्म कृपया अन्य,परामर्शको समयको बारेमा कार्यक्रमको क्यालेन्डरमा हेर्नुहोस्। |
सल्लाह लिन सकिने बिषय | भिसा सम्बन्धि, श्रम,काम, स्वास्थ्य सेवा,कल्याण,शिक्षा आदि,सामान्य जीवनयापन |
बिशेषज्ञ बाट परामर्श लिने दिन र समय | विशेषज्ञ संग र,व्यक्तिगत परामर्श नोट : यसको लागि अगाडीनै जानकारी गराउनु पर्नेछ चौथो आइतबार र तेस्रो वा चौथो शुक्रबार प्रशासनिक परामर्श, मनोवैज्ञानिक परामर्श, वकिल परामर्श,अध्यागमन सेवा एजेन्सी कर्मचारी द्वारा परामर्श। महिनाको पहिलो र तेस्रो सोमबार श्रम परामर्शको कार्यान्वयन चौथो बुधबार अध्यागमन सेवा एजेन्सीका कर्मचारीहरूद्वारा परामर्श थप जानकारीको लागि,कृपया कार्यक्रमको क्यालेन्डर हेर्नुहोस्। |
स्थान/ ठेगाना | ओसाका फु कोकुसई कोउरियू जाईदान ओसाका सी च्यु ओउ कु होन माची बाशी २-५ , माई दोमु ओसाका ५ औ तला Google Maps |
सम्पर्क नम्बर | ०६ -६९४१ -२२९७ |
फ्याक्स नम्बर | ०६-६९६६-२४०१ जापानिज र अंग्रेजीमा मात्र | |
मेल | jouhou-c@ofix.or.jp जापानिज र अंग्रेजीमा मात्र | |
ओसाकाको जीवन पुस्तिका
ओसाकामा बस्ने विदेशीहरु को लागी जीबनयापन संबन्धित गाइड
11 भाषाहरु (3 2024 मा संशोधित)
कृपया आफ्नो भाषा छान्नुहोस्।