
जापान बाहिर जान अनि बाहिर बाट जापान आउन
Q:म जापानमा बसोबास गर्ने बिदेशी नागरिक हुँ । राहदानी हराएमा के गर्नु पर्दछ ?
A:बिदेशी नागरिकले आफ्नो राहदानी हराएको खण्डमा निम्न प्रक्रिया पुरा गर्नु पर्दछ।
- नजिकैको प्रहरी कार्यालय गई हराएको वस्तुको रिपोर्ट दर्ता गरि「हराएको वा भेटिएको आबेदन स्वीकृत प्रमाणपत्र」वा「चोरी भएको आबेदन स्वीकृत प्रमाणपत्र」लिने।
- जापान स्थित आफ्नो देशको राजदुतावासमा खबर गर्ने र नयाँराहदानी (अस्थायी राहदानी वा यात्रा प्रमाणपत्र आदि) पुन जारी प्राप्त गर्ने।
Q: छोटो समयको बसाईको बसोबास योग्यता लिई जापान आएको थिए। जापानबस्ने अबधि थप्न मिल्छ कि मिल्दैन?
A: बिशेष परिस्थिति बाहेक अन्य कारणमा छोटो समयको बसाईको बसोबास योग्यताभएका व्यक्तिहरुलाई जापान बस्ने अबधि थप गर्न सकिदैन ।
बिस्तृत जानकारीको लागि अध्यागमन बिभागको होमपेज मा हेर्नुहोस्।
Q: छोटो समयको बसाईको बसोबास योग्यता लिई जापान आएको थिए। जापानबस्ने अबधि थप्न मिल्छ कि मिल्दैन?
A: बिशेष परिस्थिति बाहेक अन्य कारणमा छोटो समयको बसाईको बसोबास योग्यताभएका व्यक्तिहरुलाई जापान बस्ने अबधि थप गर्न सकिदैन ।
बिस्तृत जानकारीको लागि अध्यागमन बिभागको होमपेज मा हेर्नुहोस्।
Q: भाषा प्रशिक्षकको रुपमा जापानमा काम गर्न चाहन्छु । कस्तो प्रक्रिया पुरा गर्नु पर्दछ ?
A: काम गर्ने कम्पनीअनुसार तपाईंले आवेदन दिनुभएको बसोबासको स्थिति फरक हुन्छ।
- “प्रोफेसर” को बसोबास योग्यता बिश्वविद्यालय र यस संग सम्बधित संस्थान वा उच्च माध्यामिक बिद्यालयमा अनुसन्धान, अनुसन्धानको लागि प्रशिक्षण वा अध्यापन गर्ने क्रियाकलाप
- “शिक्षक” को बसोबास योग्यता निम्न माध्यमिक, माध्यमिक, उच्च माध्यामिक, बिशेष सहायता बिद्यालय, ब्यबसायिक बिद्यालय, बिबिध बिद्यालय वा त्यससंग सम्बन्धित भौतिक सामग्री, संगठन निर्माणमा सरिक भई उक्त शिक्षणसंस्थामा भाषा प्रशिक्षकको रुपमा वा अन्य शैक्षिक संस्थानमा शिक्षकको रुपमाकाम गर्ने क्रियाकलाप
- “इन्जिनियर” को बसोबास योग्यता, कम्पनी आदिले संचालन गर्ने भाषाविद्यालयको प्रशिक्षक वा कम्पनी आदिमा कम्पनीको शिक्षाको एक भागकोरुपमा काम गर्ने भाषा प्रशिक्षणको शिक्षकको रुपमा काम गरे भएमा
प्रत्येक बसोबास योग्यताको आबेदन प्रकियाको बारेमा, अध्यागमन विभागको होमपेजमा हेर्नुहोस् ।
Q: के अन्तराष्ट्रिय बिद्यार्थीले अध्ययन पश्चात काम खोजि कार्य जारी राख्न पाउछ्न?
A: अन्तराष्ट्रिय बिद्यार्थीले पढाई सकिने बेला सम्ममा काम निश्चित गर्न नसकेमाआफ्नो बसोबास योग्यता “विशिष्ट गतिविधिको बसोबास योग्यता” मा परिवर्तनगरि काम खोज्ने कार्य अघि बढाउन मिल्दछ। शैक्षिक संस्थानले काम खोज्न सहयोग गर्ने शर्तमा पढाई सकेपछि अधिकतम १ वर्ष निश्चित क्रियाकलापको बसोबासयोग्यतामा बसी काम खोज्न सकिन्छ।
बिस्तृत जानकारीको लागि कानुन मन्त्रालयको होमपेज हेर्नुहोस्।
Q: “बिद्यार्थी” बसोबास योग्यता पाउन सकिने शैक्षिक संस्थाहरु के कस्ता छन्?
A: जापानको बिश्व विद्यालयहरू, प्रविधि कलेजहरू, उच्च माध्यामिक विद्यालय, (माध्यमिक विद्यालयको अन्तिम सेमेस्टर पनि समाबेश हुने । त्यस्तै बिशेष सहायता विद्यालयको उच्च माध्यमिक विद्यालय), माध्यमिक विद्यालय (माध्यमिक विद्यालयको पहिलो सेमेस्टर पनि समाबेश हुने । त्यस्तै बिशेष सहायता विद्यालयको उच्च माध्यमिक विद्यालय), निम्न माध्यमिक विद्यालय (वा, बिशेष सहायता विद्यालयको निम्न माध्यमिक विद्यालय), ब्यबसायिक विद्यालय वा बिबिध विद्यालय वा भौतिक उपकरण, संगठनसंग सम्बन्धित संस्थानहरु
बिस्तृत जानकारीको लागि कानुन मन्त्रालयको होमपेज हेर्नुहोस्।
Q: अहिले विदेशमा बस्ने विदेशीसँग बिहे गर्न चाहन्छु । विवाह पछि उसलाई जापानमा ल्याई संगै बस्ने चाहना छ । के गर्दा ठिक होला?
A: विवाहको प्रक्रिया: विदेशको रिति अनुसार विवाहको प्रक्रिया अघि बढाउनु पर्दछ ।त्यसपछि जापान बोलाउनका लागि २ वटा उपायहरु छन।
[ बोलाउने प्रक्रिया ]
- “भिषाको लागि अग्रिम आबेदन” बिदेशी आवेदकले विदेशमा रहेको जापानी दुताबासमा “जापानी नागरिकको पति वा पत्नी आदि” को भिषाको लागि निबेदन दिने तरिका ।
- “बसोबास योग्यता अनुमति पत्र” जापानी नागरिकले जापानमा आई सके पछि अध्यागमन बिभागमा गई “बसोबास योग्यता अनुमति पत्र” लागि आबेदन दिई उक्त अनुमति पत्र प्राप्त भएमा आफ्नो पति वा पत्नीलाई पठाई, उक्त देशमा भएको जापानी दुताबासमा भिषाको लागि आबेदन दिन लगाउने तरिका ।
बिस्तृत जानकारीको लागि कानुन मन्त्रालयको होमपेज हेर्नुहोस् ।
Q: हाल जापानमा विदेशी विद्यार्थीको रूपमा अध्ययन गरिरहेको छु। श्रीमती र छोराछोरीलाई जापानमा ल्याउन चाहन्छु। कस्ता प्रक्रिया पुरा गर्न पर्छ होला? श्रीमतीले जापानमा काम गर्न मिल्छ?
A: बोलाउन चाहने विद्यार्थीले नजिकैको अध्यागमन विभागमा गई “आश्रित” बसोबासयोग्यताको अनुमति पत्रकोलागि आबेदन दिनु पर्दछ।
“आश्रित” बसोबास योग्यताको अनुमति पत्रको आबेदनको बारेमा अध्यागमन विभागमा सम्पर्क गर्नुहोस् ।
“आश्रित” बसोबास योग्यता भएका व्यक्तिले अध्यागमन विभागबाट “बसोबास योग्यता बाहेकको क्रियाकलापको लागि अनुमति” प्राप्त गरेमा पार्ट टाईम जब गर्न मिल्छ । (काम गर्ने समय र कामको प्रकृतिको बारेमा नियमहरु छन् ।)
बिस्तृत जानकारीको लागि कानुन मन्त्रालयको होमपेज हेर्नुहोस् ।
Q: मेरो पहिलाको बच्चालाई जापान ल्याउन चाहन्छु। हाल एक जापानी पुरुषसँग पुनर्विवाह गरेको छु र त्यस भन्दा पहिलेको बिबाहबाट जन्मिएको १० बर्षको बच्चालाई जापानमा बोलाई संगै बस्न चाहन्छु। के गर्दा उपयुक्त होला?
A: हाल “जापानी नागरिकको पति पत्नी आदि” को बसोबास योग्यतामा जापानमा रहनु भएको व्यक्तिको बच्चा जो हालको पतिको बच्चा होइन, उसलाई जापान बोलाउन परेमा झट्केलो बच्चाको रुपमा “दीर्घकालीन बसोबास” का लागि अनुमति दिन सक्छ।
बिस्तृत जानकारीका लागि अध्यागमन विभाग को होमपेजमा हेर्नुहोस्।
Q: जापानमा बसी रहेको बिदेशी दम्पति हौँ । बच्चा जन्मिएकोले कस्ता प्रक्रिया पुरा गर्नु पर्दछ ?
A: आमा बुबा दुवै बिदेशी भएमा उक्त बच्चा पनि विदेशी नै हुने भएकोले “बसोबास योग्यता” लिन आवश्यक छ। “बसोबास योग्यता” को लागि आबेदन बच्चा जन्मिएको३० दिन भित्र अध्यागमन बिभागमा दिनु पर्दछ। जन्मिएको ६० दिन भित्र जापानबाट बाहिर जाने भएमा (पुन प्रवेशको अनुमति लिएर जापान बाहिर जाने बाहेक)आबेदन दिन पर्दैन। यदि आमाबाबु जापानमा वैध बसोबासको स्थितिमा बसिरहेका छैनन् वा स्वदेश फिर्ता गराउने प्रक्रियाबाट गुज्रिरहेका छन् भने, बच्चालाई बसोबासको स्थिति प्राप्त गर्न अनुमति दिइने छैन।
[ जन्म दर्ता ]
१४ दिन भित्रमा आफु बस्ने नगर वा गाउँ पालिकामा जन्म भएको सूचना पेश पर्दछ। सूचना पेश गरे पछि ठेगानाको स्थानमा “जन्मका कारणले अस्थायी निवासी” को रूपमा बसोबास दर्तापुस्तिकामा दर्ता गरिन्छ। (यदि तपाईंले ३० दिन भित्र बसोबासको स्थितिको लागि आवेदन दिनुभएन भने, बसोबास दर्ता पुस्तिकाको नाम खारेज हुन्छ।)
[ बसोबास योग्यता प्राप्ति ]
जन्मको आधारमा बसोबासको योग्यता प्राप्त गर्न आवश्यक कागजातहरू निम्नानुसार छन्:
- जन्मिएको व्यहोरा प्रमाणित हुने कागजात (जन्म प्रमाणपत्र, मातृ तथा बाल स्वास्थ्य पुस्तिका, आदि)
- जापानमा तपाईंको गतिविधिहरूसँग सम्बन्धित कागजातहरू
- पासपोर्ट (पासपोर्ट पेश गर्न नसकेमा त्यसको लिखित कारण)
[ रेसिडेन्ट कार्ड ]
बसोबास योग्यता प्राप्त गरि मध्यम तथा दीर्घकालीन निवासी भएमा “रेसिडेन्ट कार्ड” दिइन्छ।
बिस्तृत जानकारीका लागि अध्यागमन विभाग को होमपेजमा हेर्नुहोस्।
Q: बसोबास अबधि लामो समयका लागि छ तर एक पटक स्वदेश फर्कन चाहन्छु। कस्तो प्रक्रिया आवश्यक पर्दछ?
A: मध्यम तथा दीर्घकालीन निवासीहरुले केहि समयको लागि जापान छोडी पुन जापान आई हालकै बसोबास योग्यता अनुसार क्रियाकलाप गर्ने भएमा जापान छोड्ने समयको आधारमा तल उल्लेखित दुई किसिमका तरिकाहरु छन।
जापानबाट बाहिरिने अबधि १ बर्ष भित्र भएमा (विशेष पुन: प्रवेश अनुमति) :
बैध पासपोर्ट र रेसिडेन्ट कार्ड (स्पेसल पर्मानेन्ट रेसिडेन्टको हकमा स्पेसल पर्मानेन्ट रेसिडेन्ट प्रमाण पत्र) भएका विदेशी नागरिकले जापानबाट बाहिरिएको १ बर्ष भित्र(*बसोबास अबधि १ बर्ष भन्दा कम भएमा उक्त मितिसम्म) उही निवास स्थिति लिएर जापानमा पुन: प्रवेश गर्न सकिन्छ।
(स्पेसल पर्मानेन्ट रेसिडेन्टको लागि २ बर्ष भित्र) पुन हालकै बसोबास योग्यता अनुसार जापानमा बसीसोहि क्रियाकलाप गर्ने भएमा पुन जापान प्रवेशको अनुमति लिन आवश्यक छैन। यसप्रणाली अनुसार जापान बाट बाहिरिने व्यक्तिले विदेशमा समय थप गर्न नमिल्ने भएकोले जापानबाट बाहिरिएको १ वर्ष भित्र (*) पुन जापान प्रवेश नगरेमा बसोबास योग्यता खारेज हुन्छ।
यदि प्रस्थान अवधि १ बर्ष (स्पेशल पर्मानेन्ट रेसिडेन्ट हकमा २ बर्ष) भन्दा बढि हुने भएमा (पुन: प्रवेश अनुमति):
जापान छोड्नु अघि तपाईंले आफ्नो नजिकको अध्यागमन विभागबाट”पुनः प्रवेश अनुमति” प्राप्त गर्न सक्नुहुन्छ।
समय सिमा: पुन जापान प्रवेशको लागि अनुमतिको समय सिमा बढीमा ५ बर्ष (स्पेशल पर्मानेन्टरेसिडेन्ट हकमा ६ बर्ष) हुन्छ।
Q: छोटो बसाई” बसोबास योग्यतामा जापान आएको थिए तर नबिकरण गरि ३ महिना भन्दा बढि बसोबास गर्ने योजना भएकोले व्यक्तिगत परिचयको लागि रेसिडेन्टकार्ड बनाउन चाहन्छु।
A: यदि तपाईं “छोटो बसाई” बसोबास योग्यतामा जापान आउनुभयो भने , बसोबास योग्यता नवीकरण गर्नुभयो र तीन महिनाभन्दा बढी समय जापानमा बस्नुभयो भने पनि तपाईंलाई आवास कार्ड जारी गरिने छैन।मध्यम तथा दीर्घकालीन समयका लागि जापानमा बस्ने व्यक्तिलाई मात्र रेसिडेन्ट कार्ड दिइन्छ। निम्न श्रेणीहरूमा पर्ने विदेशीहरूलाई रेसिडेन्ट कार्ड दिइदैन।
- “३ महिना” भन्दा तल बसोबास अवधि भएको व्यक्ति
- छोटो अवधिको बसाईको अनुमति भएको व्यक्ति
- कुटनीतिक वा सरकारी बसोबास योग्यता निश्चित भएको व्यक्ति
- न्याय मन्त्रालयले ① देखि ③ सम्म सूचीबद्ध विदेशी नागरिकहरूको समकक्ष तोकेको व्यक्ति
- स्पेसल पर्मानेन्ट रेसिडेन्ट (स्पेसल पर्मानेन्ट रेसिडेन्ट प्रमाण पत्र प्रदान गरिन्छ।)
- आवासीय योग्यता नभएको व्यक्ति
बिस्तृत जानकारीका लागि अध्यागमन विभाग को होमपेजमा हेर्नुहोस्।
Q: अन्य शहर, नगर वा गाउँ पालिकामा सर्ने भएमा वा बिदेशमा बसाई सर्ने भएमा के गर्नुपर्दछ?
A: हाल बसिरहेको शहर, नगर वा गाउँ कार्यालयमा गई पहिलेनै “बसाई सराईको लागि निबेदन’ दिनु पर्दछ। त्यसपछि नयाँ ठाउँमा गई १४ दिन भित्रमा “बसाई सरि आएको सम्बन्धि निबेदन” दिनु पर्दछ। त्यस अबस्थामा रेसिडेन्ट कार्ड वा स्पेसल पर्मानेन्ट रेसिडेन्ट प्रमाण पत्र मध्ये कुनै र “बसाई सराईको लागि निबेदन” पेश गर्नु पर्दछ। यदि तपाईं एउटै शहर भित्र सर्दै हुनुहुन्छ भने पनि, तपाईंले आफ्नो नयाँ ठेगानामा सरेको १४ दिन भित्र शहर, शहर वा गाउँ कार्यालयमा “बसाई सरि आएको सम्बन्धि निबेदन” बुझाउनु पर्छ।
त्यस्तै, बिदेशमा बसाई सर्ने भएमा पनि “बसाई सराईको लागि निबेदन” दिनु पर्दछ। यस्तो अबस्थामा “बसाई सरेको प्रमाण पत्र” दिइदैन। यदि तपाईं पुन: प्रवेश अनुमति लिएर जापानमा पुन: प्रवेश गर्नुभयो र बसोबास गर्नुभएको छ भने, तपाईंले आफ्नो राहदानी र निवास कार्ड पनि ल्याउनु पर्छ र १४ दिन भित्र सर्ने प्रक्रियाहरू पूरा गर्नुपर्छ।आवश्यक निबेदन नदिएको खण्डमा सजायको भागिदार हुनुको साथै बसोबास योग्यता खारेज हुन सक्ने सम्भावना हुन्छ।
बिस्तृत जानकारीको लागि, कृपया आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको वेबसाइटमा जानुहोस्।
राष्ट्रियता / विवाह
Q: जापानमा जापानी र बिदेशी नागरिक बिचको बिबाहको प्रक्रिया बारेमा बुझ्न चाहन्छु।
A:
[ बिबाह गर्ने तरिका ]
जापानी र विदेशी नागरिक बिचको बिबाह हो भने, आफू बसेको देश (जापान) को प्रक्रिया अनुसार बिबाह गर्नुपर्दछ। जापानी पक्षको पारिवारिक दर्ता पुस्तिका र विदेशी पक्षको पासपोर्ट, “बिबाहको लागि शर्त पुरा भएको प्रमाण पत्र” आदि आवश्यक पर्दछ। विदेशी नागरिकको देश अनुसार कागजपत्रहरु फरक पर्ने भएकोले नगर गाउँपालिकाको कार्यालयमा सम्पर्क राख्नुहोस।
[ बिबाहको प्रक्रिया पुरा ]
जापानमा दर्ता गरिएको बिबाह जापानमा मान्य हुने भए पनि सो बिबाह विदेशी नागरिकको देशमा मान्य हुन्छ भन्न सकिदैन। जापान स्थित उक्त देशको दुताबास, कन्सुलर कार्यालय आदिमा सोधपुछ गरि निश्चित गर्नुहोस्।
[ बिबाहको लागि शर्त पुरा भएको प्रमाण पत्र ]
विदेशी नागरिकले आफ्नो देशको कानुन अनुसार बिबाहको शर्तहरु पुरा गरेको छ कि छैन भन्ने कुरा सरकारी निकाय बाट प्रमाणित गरि ल्याउनु पर्ने हुन्छ। यो सामान्यतया जापान स्थित कुटनीतिक नियोगद्वारा जारी गरिन्छ। बिबाहको लागि शर्त पुरा भएको प्रमाण पत्र बिदेशी भाषामा लेखिएको भएमा जापानी भाषाको अनुबाद पनि चाहिन्छ। बिबाहको लागि शर्त पुरा भएको प्रमाण पत्र प्रकाशित नगर्ने देशहरु पनि छन। त्यस अवस्थामा उक्त प्रमाणपत्र सरहको अन्य कागजपत्र पेश गर्नु पर्दछ।
Q: जापानमा विदेशी नागरिक बिच हुने बिबाहको प्रक्रियाको बारेमा बुझ्न चाहन्छु।
A:
[ जापानी तरिका ]
विदेशी नागरिक बिच बिबाह हुने भएमा, बिबाह गर्ने स्थान जापान भएकोले जापानको कानून बमोजिम आफ्नो ठेगाना भएको शहर, नगर वा गाउँ कार्यालयमा गई बिबाह दर्ता गराउनु पर्दछ।
त्यस बेला दुवै जनाको “बिबाहको लागि शर्त पुरा भएको प्रमाण पत्र” आदि जापान स्थित कूटनीतिक नियोगबाट प्राप्त गरि त्यसको अनुबाद पनि पेश गर्नु पर्दछ। पर्दछ।विवाह गर्न कानुनी क्षमताको प्रमाणपत्रको अनुवाद जो कोहीले पनि गर्न सक्छ, जसमा व्यक्ति आफैं वा निजी अनुवाद कम्पनी पनि समावेश छ। यद्यपि, अनुवाद मूलप्रमाणपत्र अनुसार सही छ भनी सुनिश्चित गर्न अनुवादकले ठेगाना र नाममा हस्ताक्षर गर्नुपर्छ। त्यस्तै हामी अनुवाद प्रमाणपत्र जारी गर्ने सेवा पनि प्रदान गर्छौं। यसरी बिबाह दर्ता भएमा जापानको कानुन अनुसार बिधिबत बिबाह भएको मानिन्छ तर आफ्नो देशमा मान्य हुने नहुनेका बारेमा जापान स्थित कुटनीतिक नियोगमा सोधपुछ गर्नुहोस्।
[ स्वदेशी तरिका ]
विदेशी नागरिकको आफ्नो देशको कानुन वा कुनै एकको आफ्नो देशको कानुन अनुसार भएको बिबाह अनुसार बिबाह दर्ता गर्न सकिन्छ। कन्सुलर कार्यालयमा बिबाहदर्ता गर्न नसकिने देशहरु पनि रहेका छन्। अग्रिम रुपमा जानकारी लिई राख्नुहोस।
Q: जापानी नागरिकले विदेशी संग बिदेशमा गर्ने बिबाह सम्बन्धि प्रक्रिया बुझ्न चाहन्छु।
A: आफ्नो श्रीमान वा श्रीमतीको देश वा कुनै तेश्रो देशमा जापानी र विदेशी नागरिक बिचको बिबाह प्रक्रिया २ किसिमका छन्।
[ आफ्नो श्रीमान वा श्रीमतीको देश, बिबाह गर्ने स्थानको तरिका ]
आफ्नो श्रीमान वा श्रीमतीको देश वा बिबाह गर्ने देशको तरिका अनुसार बिबाह दर्ता गर्न सकिन्छ। त्यस देशमा आवश्यक पर्ने कागजपत्रहरु दुवै पक्षले तयार गर्न आवश्यक हुन्छ । बिबाह दर्ता गरे पछि जापानको नगरपालिकामा जानकारी दिनको लागि त्यहाँ स्थित सरकारी कार्यालयमा बिबाह दर्ता प्रमाण पत्र पेश गर्ने वा सिधै आफ्नो स्थायी ठेगाना रहेको नगर वा गाउँ पालिकाको कार्यालयमा पठाउनु पर्दछ। यो प्रक्रिया बिबाह भएको ३ महिना भित्रमा गरिसक्नु पर्दछ। बिदेशी भाषामा लेखिएको बिबाह दर्तालाई जापानी भाषामा अनुबाद गरि पेश गर्नु पर्दछ।
[ जापानको तरिका ]
प्रत्यक्ष आफ्नो स्थायी ठेगाना रहेको नगर गाउँ पालिकामा आवश्यक कागजपत्र पठाउने तरिका हो । विदेशी नागरिकले जापानी नागरिक संग बिबाह गर्दा चाहिने कागज पत्र जस्तै कागज पत्रहरु आवश्यक पर्दछ।
[ जापानी नागरिकको “बिबाहको लागि शर्त पुरा भएको प्रमाण पत्र” ]
पारिवारिक दर्तालाई आधार मानेर ठेगाना भएको स्थानमा रहेको कानुन बिभाग, विदेशमा अबस्थित जापानी राजदूतावास वा कन्सुलर कार्यालय आदि बाट प्रकाशितगरि पाउन सकिन्छ।
बिस्तृत जानकारीका लागि कानुन मन्त्रालय, नागरिक बिभाग को होमपेज हेर्नुहोस्।
Q: लामो समय देखि जापानमा बस्दै आएको भिन्न देशको बिदेशी दम्पति हौँ । सम्बन्ध बिच्छेदको प्रक्रिया बुझ्न चाहन्छु ।
A:
[ बिद्यमान कानुन ]
फरक राष्ट्रियताका विदेशी दम्पतिको साझा स्वदेशी कानुन नहुने भएकोले प्रशासकीय कानून या त १) उनीहरूको साझा बासस्थान भएको देशको कानून हुनेछ, वा २) यदि कुनै साझा बासस्थान नभएको खण्डमा, उनीहरूको नागरिक बासस्थान भएको देशको कानून हुनेछ। त्यो नभएको खण्डमा हाल बसोबास गरि आएको स्थान जापान हो भन्ने प्रमाणित भएमा जापानको बिद्यमान कानुन अनुसार प्रक्रिया अगाडी बढाउनु पर्दछ। बिस्तृत जानकारीको लागि जापान अबस्थित कुटनीतिक नियोग मा सम्पर्क गरि निश्चित गर्नुहोस्।
Q: सम्बन्ध बिच्छेद पछि विदेशी नागरिकको बसोबास योग्यता के हुन्छ ?
A: मध्यम तथा दीर्घकालीन बसोबास गर्ने व्यक्ति मध्ये पति वा पत्नी भएर “पारिवारिक बसाई”, “निश्चित क्रियाकलाप”, “जापानी नागरिकको पति वा पत्नी आदि” तथा“स्थायी बासिन्दाको पति वा पत्नी आदि” को बसोबास योग्यतामा बसिरहेको व्यक्तिले सम्बन्ध बिच्छेद गरेको वा कसैको मृत्यु भएको अबस्थामा १४ दिन भित्र अध्यागमन बिभागमा गई आबेदन दिनु पर्दछ।
[ जापानी नागरिक संग सम्बन्ध बिच्छेद ]
जापानी नागरिकसँग सम्बन्ध विच्छेद गर्नुभयो भने, तपाईंले “जापानी नागरिकको पति वा पत्नीको रूपमा आफ्नो बसोबासको हैसियत गुमाउनुहुनेछ।” यद्यपि, १९९६ को अध्यागमन ब्यूरोको सूचनाका कारण, जापानी नागरिकका नाबालिग सन्तान हुर्काउने विदेशीहरूलाई “दीर्घकालीन बासिन्दा” को बसोबास योग्यता दिन सक्ने सम्भावना हुन्छ।
[ बिदेशी दम्पति बिचको सम्बन्ध बिच्छेद ]
यदि पति वा पत्नी स्थायी बासिन्दा हो भने, तिनीहरूले “स्थायी बासिन्दाको पति वा पत्नी” को रूपमा आफ्नो स्थिति गुमाउनेछन्, र यदि तिनीहरू विदेशमा काम गरिरहेका छन् वा अध्ययन गरिरहेका छन् भने, तिनीहरूले सम्बन्ध विच्छेद पछि आफ्नो “पारिवारिक बसाई” को योग्यता गुमाउनेछन्।
यदि “जापानी नागरिकको पति वा पत्नी” वा “स्थायी बासिन्दाको पति वा पत्नी” जस्ता बसोबासको हैसियत भएको जापानमा पति वा पत्नीको रूपमा बसोबास गर्ने व्यक्तिले उपयुक्त कारण बिना पतिपत्नीको रुपमा छ महिना वा सोभन्दा बढि समयसम्म पति वा पत्नीको रूपमा गतिविधिहरूमा संलग्न भएन भने “बसोबास योग्यता रद्द” हुन सक्छ।
Q: यदि जापानमा बस्ने विदेशीले जापानी नागरिक संग सम्बन्ध बिच्छेद चाहन्छ भने, के उनीहरूले सान्त्वना रकम र सम्पति बाडफाड दाबी गर्न सक्छन्?
A: सम्बन्ध विच्छेदको समयमा सान्त्वना रकम र सम्पति बाडफाड गरि पाउनका लागि सहमतिमा निर्णय गरेमा उक्त व्यहोरा अनुसारको नोटरी प्रमाणपत्र लिई राख्न सकिन्छ।
[ बिद्यमान कानुन ]
सहमतिमा निर्णय गर्न नसकेमा कानुनी तबरले समाधान गर्नु पर्ने हुन्छ। तर, सम्बन्ध बिच्छेदको सान्त्वना रकम र सम्पति बाडफाड जस्ता समस्यामा सम्बन्ध बिच्छेदकै बिद्यमान कानुन लागु हुन्छ। जापानमा बसोबास गर्ने जापानी र विदेशी नागरिक दम्पतिबिच सम्बन्ध बिच्छेद हुने भएमा, जापानको कानुन अनुसार पारिवारिक अदालतले सान्त्वना रकम र सम्पति बाडफाड सम्बन्धि मध्यस्थता गरि निर्धारण गर्दछ। बिबाहको अबधि, कारण, अर्को पक्षको आर्थिक क्षमता अनुसार सान्त्वना रकम फरक हुन्छ। बिबाह पछि दम्पतीले जोडेको सम्पति मात्र बाडफाड हुनेछ। त्यस्तै, हाल बिबाहित समयको पेन्सन रकम पनि भाग लगाउन सकिने भएको छ।
Q: जापानमा जन्मिएको जापानी र बिदेशी दम्पति भएमा बच्चाको नागरिकता, जन्म दर्ता, थर के हुन्छ ?
A:
[ नागरिकता ]
बच्चाको नागरिकता बंशको आधारमा र जन्मको आधारमा दिन सकिने २ वटा प्रणाली रहेका छन् । जापानले बंशको आधारमा दिइने नागरिकतालाई अबलम्बन गरेको छ । आमा वा बाबु मध्ये कसैसंग जापानी नागरिकता छ भने बच्चाले पनि जापानी नागरिकता दिइन्छ । अर्को कुरा अबिभाबकको नागरिकता सम्बन्धि कानुन अनुसार बच्चाले दोहोरो नागरिकता पाउन सक्ने अवस्था पनि हुन्छ ।
[ जन्म दर्ता ]
जापानमा जन्मिएको खण्डमा नगर गाउँ पालिकामा बच्चा जन्मिएको १४ दिन भित्रमा गई जन्म दर्ता गराउनु पर्दछ । बिदेशी पति वा पत्नीको देशको नागरिकता पाउनको लागि जापानमा अबस्थित उक्त देशको दुताबास वा कन्सुलर कार्यालयमा दर्ता गराउनु पर्दछ । जन्म दर्ता अनुसार बसोबास दर्ता पत्र तयार गरिन्छ ।
[ थर ]
जापानी अबिभाबक भएको परिवार दर्तामा दर्ता हुने हो भने जापानी अबिभाबकको थर राख्नु पर्दछ । बिदेशी नागरिकको थर राख्न पनि सकिन्छ ।
Q: जापानमा बसी रहेको बिदेशीले इच्छापत्र बनाई राख्न चाहेमा कसरि बनाउनसकिन्छ? त्यस्तै कुन देशको कानुन बमोजिम गर्दा ठिक हुन्छ ?
A:
[ इच्छापत्र बिधि ]
१९६१ मा “इच्छापत्र विधिको सम्बन्धमा कानुनको द्वन्द्व सम्बन्धि सन्धि” लागु भई जापानले पनि अनुमोदन गरि “इच्छापत्र बिधि सम्बन्धि कानुन” निर्माण गरेको छ। यस कानुन अनुसार तलका बुँदा मध्ये कुनै एक मिल्न गएमा इच्छा पत्र बिधि लागु हुन्छ।
- क्षेत्रीय ऐन कानुन
- इच्छापत्र बनाउने व्यक्तिको इच्छापत्र लागु वा मृत्यु भएको अबस्थामा नागरिकता रहेको देशको कानुन
- इच्छापत्र बनाउने व्यक्तिको इच्छापत्र लागु वा मृत्यु भएको अबस्थामा ठेगाना रहेको स्थानको कानुन
- इच्छापत्र बनाउने व्यक्तिको इच्छापत्र लागु वा मृत्यु भएको अबस्थामा बैधानिक रुपमा बसोबास गरिरहेको स्थानको कानुन
- अचल सम्पति सम्बन्धि इच्छापत्रको बारेमा उक्त अचल सम्पति रहेको स्थानको कानुन
जापानमा बसिरहेको भएमा कार्य क्षेत्र जापान भएको जापानी कानुन अनुसार इच्छापत्र तयार गर्न सकिन्छ। जापानमा साधारण रुपमा “हस्त लिखित इच्छापत्र”, “नोटरी गरिएको इच्छापत्र”, “गोप्य इच्छापत्र” हरु हुन्छन। नोटरी गरिएको इच्छा पत्र नोटरी पब्लिकको कार्यालयले तयार पर्दछ।
२०२० जुलाई १० देखि “कानुन विभागमा इच्छापत्र राख्ने आदि सम्बन्धि कानुन” लागुभई अहिले सम्म घरमा राख्ने गरेको हस्तलिखित इच्छापत्रहरु कानुन विभागमा सुरक्षित रुपमा राख्न सकिने प्रणालीको शुरुवात भएको छ । यसबाट इच्छापत्र हराउने, केरमेट गर्ने जस्ता जोखिम नियन्त्रण भएको छ। त्यस्तै पारिवारिक अदालतमा मुद्दा गर्ने कामपनि अनावश्यक भएको छ। नोटरी गरिएको इच्छापत्र भन्दा यो सस्तो पर्न आउने भएकोले फाईदाजनक पनि छ।
बिस्तृत जानकारीको लागि कृपया न्याय मन्त्रालयको हस्तलिखित इच्छापत्र भण्डारण प्रणाली हेर्नुहोस।
Q: परिवार संगै लामो समय देखि जापानमा बसिरहेको विदेशीले राष्ट्रियता परिबर्तन गर्न चाहेको छ। राष्ट्रियता परिवर्तन गर्नको लागि कस्ता शर्तहरु रहेका छन् ? त्यस्तै परामर्श गर्न सकिने कार्यालय वा प्रक्रियाहरुका लागि के गर्दा ठिक हुन्छ ?
A: विदेशी नागरिकले राष्ट्रियता परिवर्तन गरि जापानी नागरिकता लिन सक्छन तर त्यसका लागि राष्ट्रियता सम्बन्धि कानुनले तल उल्लेखित शर्त राखेको छ।
[ ठेगाना सम्बन्धि शर्त ]
निरन्तर ५ बर्ष भन्दा बढि जापानमा ठेगाना भएको हुनुपर्ने ।
[ क्षमता सम्बन्धि शर्त ]
२० बर्ष भन्दा माथि भई आफ्नो देशको कानुन अनुसारको क्षमता हुनुपर्ने ।
[ ब्यबहार सम्बन्धि शर्त ]
राम्रो ब्यबहार भएको हुनु पर्ने ।
[ जीविकोपार्जन सम्बन्धि शर्त ]
आफैले वा एकै परिवारको पति पत्नी वा अन्य आफन्तको सम्पति वा सिप परिचालन गरि जीविकोपार्जन गर्न सक्षम हुनु पर्ने ।
[ हानी सम्बन्धि शर्त ]
नागरिकता नभएको वा जापानको नागरिकता प्राप्त गरे पछि आफ्नो देशको नागरिकता त्याग्नु पर्ने ।
[ विचार सम्बन्धि ]
जापानको संबिधान वा त्यस अन्तर्गतको सरकार बिरुद्धहिंसात्मक रुपले हानी पुर्याउने योजना गर्ने योजना बनाउने वा त्यस्ता संगठन हरुमा आबद्ध नहुने ।
(सरलताको शर्त)
जापानी नागरिकको पति पत्नी आदि जापानी नागरिक संग सम्बन्ध रहेको भएमा, जापानमा जन्मिएको जस्तो घनिष्ट सम्बन्ध रहेको आबेदकको राष्ट्रियता परिवर्तनको प्रक्रिया अझ सरल पारिएको छ l।
राष्ट्रियता परिवर्तन गरेपछि नयाँ परिवार दर्ता गरिन्छ।
राष्ट्रियता परिवर्तन सम्बन्धि परामर्श तथा आबेदनको लागि कानुन बिभाग मा सम्पर्क राख्नुहोस।
चिकित्सा / कल्याण
Q: राष्ट्रिय स्वास्थ्य बिमामा आबद्ध हुन चाहन्छु । बिदेशी नागरिकले पनि बिमा गर्न मिल्छ ?
A:
[ राष्ट्रिय स्वास्थ्य बिमामा आबद्ध हुनका लागि चाहिने शर्तहरु ]
तल सूचीबद्ध गरिएका बाहेकका व्यक्ति
- अन्य सार्वजनिक स्वास्थ्य बिमा मा आबद्ध भएको व्यक्ति
- सार्वजनिक सहायता पाई रहेको व्यक्ति
- जापानी राष्ट्रियता नभएको व्यक्ति (राष्ट्रिय स्वास्थ्य बिमा नियमको धारा १ अनुच्छेद २)
- बसोबास योग्यता नभएको व्यक्ति
- बसोबास दर्ता पत्र नभएका व्यक्ति (स्वीकृत बसाइ अवधि तीन महिनाभन्दा कम भए पनि, “उद्यम”, “प्राविधिक इन्टर्न तालिम”, “आश्रित”, वा “निर्दिष्ट गतिविधिहरू” को बसोबास योग्यता पाएको र भरपर्दो कागजात भएमा जापान भित्र ३ महिनाभन्दा बढी बस्न स्वीकृति दिइएको व्यक्तिले बिमामा आबद्ध हुन सक्छन)
- “बिशेष क्रियाकलाप” को बसोबास योग्यता पाएको व्यक्ति जो चिकित्सा सेवा प्राप्त गर्ने वा चिकित्सा सेवा प्राप्त गर्ने कसैको हेरचाह गर्ने उद्देश्यले जापानमा बसोबास गरिरहेको
- जापानसँग चिकित्सा बिमाका अलावा अन्य सामाजिक बिमा सम्बन्धि सम्झौता गरेको देशका नागरिक वा उक्त देशमा सामाजिक बिमा प्रमाण पत्र भएको देशका व्यक्ति
त्यस्तै “सरकारी” बसोबास योग्यता भई ३ महिना काटेको बसोबास योग्यता भएको अबस्थामा पनि बसोबास दर्ता नभए पनि राष्ट्रिय स्वास्थ्य बिमा लागु हुन्छ।
Q: राष्ट्रिय स्वास्थ्य बिमाको रकम महँगो भएकोले तिर्न सक्दिन । के गर्दा हुन्छ ?
A: कुनै हालतमा पनि तिर्न नसक्ने भएमा छिटो नगर वा गाउँ पालिकाको राष्ट्रिय स्वास्थ्य बिमा कक्षमा गई परामर्श गर्नुहोस्। बिशेष कारण छ भने नियम कानुन सम्मत बिमा रकम छुट गर्ने वा रोक्ने काम गर्न सकिन्छ।
Q: जापानमा लामो समय बसी रहेको छु। केहि समयको लागि स्वदेश फर्कदा बिरामी परें भने राष्ट्रिय स्वास्थ्य बिमाले बिरामी भएको अबस्थाको खर्च भरण गर्न मिल्छ?
A: राष्ट्रिय स्वास्थ्य बीमा विदेशमा प्राप्त हुने चिकित्सा खर्चमा लागू गर्न सकिन्छ। यद्यपि, निम्न अबस्थामा यो सुबिधा पाउन सकिदैन ।
- जापानमा बिमा छुट नहुने उपचार
- उपचारको निम्ति विदेश गएको भएमा
Q: एड्स (AIDS) लागेको होकी भन्ने डर छ। कहाँ परिक्षण गराउने होला?
A: एड्स (AIDS) रोगको एचआईभी(HIV) भाइरस एन्टीबडी बन्नको लागि सामान्यतया ६ देखि ८ हप्तालाग्ने भएको ले एड्स लागेको होकी भन्ने सम्भावित मितिबाट ३ महिना पछि परिक्षण गराउनु पर्दछ। स्वास्थ्य केन्द्रहरूमा नाम गोप्य राखी निशुल्क परीक्षण उपलब्ध छ।
- ओसाका प्रिफेक्चर संक्रामक रोग नियन्त्रण डिभिजन, क्वारेन्टाइन समूह: ०६-६९४४-९१५७
- chotCAST स्मार्ट लाइफ क्लिनिक: ०६-४७०८-५०३५
Q:डिप्रेसनको लक्षणहरु देखिएको छ। जचाउज चाहन्छु।
A: जापानको जिबनिमा बानी नपर्ने, त्यस बाहेकको कारणले मानसिक सन्तुलन बिग्रेको छ र चिकित्सा संस्थामा उपचार प्राप्त गर्न चाहनुहुन्छ भने तलका संस्थामा परामर्श गर्न सक्नुहुन्छ। (साधारणतया जापानी भाषामा सेवा दिइनेछ)
- नजिकैको स्वास्थ्य केन्द्र (बसोबास गर्ने ठाउँमा भएको स्वास्थ्य केन्द्र)
- ओसाका प्रिफेक्चर कोकोरो नो केन्को सोगो सेन्टर
- ओसाका सी कोकोरो नो केन्को सेन्टर
- साकाई सी कोकोरो नो केन्को सेन्टर
तपाईंले विदेशीहरूको लागि ओसाका प्रिफेक्चर चिकित्सा जानकारी गाइड (ओसाका मेडिकल नेट) र ओसाका प्रिफेक्चर मेडिकल इन्फर्मेसन नेटमा पनि खोज्न सक्नुहुन्छ।
Q: नियमित सेवन गर्ने औषधी जापानमा उपलब्ध नभएको कारण आफ्नो देशबाट मगाउन चाहन्छु। ध्यान पुर्याउनु पर्ने कुरा केहि छन्?
A: व्यक्तिगत प्रयोगको लागि औषधि आदि आयात गर्दा, केही प्रक्रियाहरू आवश्यक पर्न सक्छ।सन् २०२३ फेब्रुअरी १ बाट “औषधि आयात प्रमाणीकरण सूचना प्रणाली” सञ्चालनमा आएको थियो जसले गर्दा प्रक्रियाहरू अनलाइन पूरा गर्न सम्भव भएको थियो।
बिस्तृत जानकारीका लागि श्रम तथा स्वास्थ्य कल्याण मन्त्रालय किन्की क्षेत्रीय ब्युरोमा सम्पर्क गर्नुहोस्: ०६-६९४२-४०९६
Q: जापानसँग सामाजिक बिमाको सम्झौता गरेका देशहरु
A: पेन्सन योजनाहरूमा दोहोरो नामांकन रोक्न र पेन्सन भर्ना अवधिहरू समग्र बनाउन जापानले केहि देशहरूसँग सामाजिक बिमाको सम्झौता गरेको छ। सम्झौताको व्यहोरा देश अनुसार फरक छ। नयाँ जानकारीको लागि श्रम तथा स्वास्थ्य कल्याण मन्त्रालयको होमपेज हेर्नुहोस्।
Q: काम गर्न चाहेकोले बच्चालाई नर्सरी स्कुल (डेकेयर) मा राख्न चाहन्छु।
A: श्रम तथा स्वास्थ्य कल्याण मन्त्रालयको बाल कल्याण कक्षको रुपमा नर्सरी स्कुलहरु संचालित हुने भएकोले अबिभाबकले कामको कारणले बच्चा हेर्न नसक्ने भएमा लामो समयसम्म बालबालिकाको हेरचाह गर्छन्। ० बर्ष देखि प्राथमिक विद्यालयमा प्रवेश गर्ने उमेरसम्मका बालबालिकाहरू राख्न सकिन्छ। हाल नर्सरी स्कुलहरुलाई मुख्यतया २ भागमा बाडिएको छ।
- अनुमति प्राप्त नर्सरी स्कुल: बाल कल्याण कानुन अनुसार स्थानीय प्रशाशन बाट अनुमति पाएको नर्सरी स्कुल हो। बाल हेरचाह शुल्क आमाबाबुको आम्दानी, उनीहरू बस्ने ठाउँ र बच्चाको उमेर अनुसार फरक-फरक हुन्छ।
- बिना अनुमतिको नर्सरी स्कुल: अनुमति प्राप्त नभएको बेबी होटेल, डेकेयर सेन्टरआदि हुन्। बाल हेरचाह शुल्क डेकेयर सुविधाको आधारमा फरक-फरक हुन्छ।
अनुमति प्राप्त नर्सरी स्कुल (१) मा भर्ना हुनको लागि अबिभाकले काम गरेको वा गर्ने योजना भएको आदि कारणले बच्चा हेर्न नसक्ने कारण हुनु पर्दछ।आबेदन नगर गाउपालिकाक सम्बन्धित विभागमा दिनुपर्छ।
बिना अनुमतिको नर्सरी स्कुल(२) को बिना अनुमतिको नर्सरी स्कुलका सम्बन्धमा सोहि स्कुलहरुमा भर्नाको आबेदन दिनु पर्दछ।
सन् २०२६ देखि, “कुनै पनि बच्चा डेकेयरमा उपस्थित हुन सक्ने” प्रणाली पूर्ण रूपमा लागू गरिनेछ गरिनेछ जसले गर्दा प्रिस्कूल बच्चाहरूलाई उनीहरूका आमाबाबु काम नगरेको भए पनि डेकेयर सेन्टरहरूमा राख्ने अनुमति दिइनेछ। सन् २०२४ सम्ममा १००भन्दा बढी नगरपालिकाहरूमा पाइलट परियोजनाहरू सञ्चालनमा आउनेछन्। कृपया आफ्नो स्थानीय नगरसँग बुझ्नुहोस्।
योग्यता: ० वर्ष ६ महिना देखि ३ वर्ष मुनि
स्थान: नर्सरीहरू, प्रमाणित बाल हेरचाह केन्द्रहरू, किन्डरगार्टनहरू समुदायमा आधारित बाल हेरचाह सुविधाहरू, सामुदायिक बाल हेरचाह सहयोग केन्द्रहरू आदि।
प्रयोग समय: प्रति बच्चा प्रति महिना १० घण्टासम्म
Q: सम्बन्ध बिच्छेद गरेको बिदेशी आमा हुँ । जापानमा बच्चा हुर्काई रहेको छु तर अलि गाह्रो भईरहेको छ । सहयोगको आवश्यकता छ ।
A: जापानी नागरिकबाटको आफ्नै बच्चा सम्बन्ध बिच्छेद पछि पनि हुर्काउन चाहेको भएमा सम्बन्ध बिच्छेद पछि दिर्घकालिन निवासी को बसोबास योग्यता लिन पाउने सम्भाबना प्रबल हुन्छ। त्यसो भएमा मातृ शिशु कल्याण बाट जीवनयापनका लागि सहयोग पाउन सकिन्छ।
- बाल हेरचाह भत्ता (एकल अबिभाबकको परिवारलाई मात्र होइन)
बाल हेरचाह भत्ता बिदेशी व्यक्ति भए पनि बसोबास दर्ता भएको भएमा र लक्षितबच्चाको लालनपालन गरिरहेको भएमा पाउन सकिन्छ। भत्ता पाउने केहि सिमाहरु रहेका छन्। आबेदनका लागि नगर गाउँ पालिकाको बाल भत्ता बिभाग मा सम्पर्क गर्नुहोस्। - बच्चा पालन पोषण भत्ता
बच्चा १८ बर्ष पुग्न अघिको मार्च ३१ तारिक सम्म (सरकारले तोके अनुसारको अपाङ्गता छ भने २० बर्षसम्म) बच्चाको हेरचाह गर्ने बुबा वा आमाहरूलाई र निश्चित शर्त पुरा गरेका व्यक्ति जसले बाबुको सत्तामा बच्चा हुर्काई रहेको (बच्चासंग एकै घरमा हेरचाह गरि जीविकोपार्जन गरिरहेको) भएमा उक्त व्यक्तिले बच्चा पालन पोषण भत्ता पाउन सक्छन।भत्ता पाउनको लागि आम्दानीको सिमाहरु रहेका छन।
बिस्तृत जानकारीको लागि ओसाका प्रिफेक्चर समाज कल्याण विभागको होमपेज हेर्नुहोस् ।
आबेदन: आफ्नो ठेगाना भएको नगर गाउँ पालिकाको बच्चा पालन पोषण भत्तासम्बन्धि अधिकारि
त्यसबाहेक को प्रणालीको बारेमा ओसाका प्रिफेक्चर समाज कल्याण विभागले जानकारी दिने “एकल अबिभाबकपरिवार आदि बारे जानकारी” हेर्नुहोस् ।
Q: विदेशी भएपनि जिबन रक्षाको लागि सहयोग लिन सकिन्छ?
A: जिबन रक्षाको लागि सहयोग कानुन अनुसार जापानी नागरिकले मात्र लिन सक्छन र जापानी नागरिकता नभएका व्यक्ति (यसपछि विदेशी भनिने)ले जिबन रक्षाको लागि सहयोगको कानुन लागु हुदैन। तर जापानमा बसोबास गरिरहेको र जीबनयापनमा समस्या रहेको विदेशी नागरिक जसले निश्चित शर्त पुरा गरेको छ भने प्रशासनिक रुपमा जिबन रक्षाको लागि सहयोग ऐन अन्तर्गत जिबन रक्षाको लागि सहायता प्राप्त गर्न सक्छन। बसोबास दर्ता भएको नगरगाउँ पालिकाको समाज कल्याण विभागमा सम्पर्क गर्नुहोस्।
श्रम / रोजगार
Q: विदेशीले कसरि काम खोज्दा राम्रो हुन्छ ?
A: निम्न सार्वजनिक संस्थाहरूले तपाईंलाई जागिरहरु परिचय गराउन सक्छन्।
★ बिदेशी भाषा अनुबादक भएको ओसाका प्रिफेक्चर भित्रको हेल्लोवर्क, बिदेशी नागरिक रोजगार सेवा कर्नर
- ओसाका बिदेशी नागरिक रोजगार सेवा कर्नर
८-४७ Kita Ward, Kakudacho, Osaka, Hankyu Grand Building १६F
Tel: ०६-७७०९-९४६५ - हेल्लो वर्क साकाइ
२-२९, Minamikawaramachi, Sakai, Osaka, Sakai chihou goudouchousha पहिलो देखि तेस्रो तला
Tel: ०७२-२३८-८३०१
Q: पार्ट टाइम कर्मचारीको हिसाबले काम गरि रहेको छु। बच्चाको स्कुलको कार्यक्रम भएकोले तलबी बिदा (पेड लिभ) को लागि हाकिमलाई अनुरोध गर्दा पार्ट टाइमर लाई पेड लिभ हुदैन भनियो। जापानमा यस्तो प्रणाली हुन्छ?
A: रोजगारदाताहरूले काम गरेको महिनाको संख्या अनुसार निश्चित समय काम गरेका कर्मचारीहरूलाई तलबी बिदा दिनुपर्छ। लगातार छ महिना काम गरेका र निर्धारित दिनहरूको कम्तिमा ८०% उपस्थित भएका कर्मचारीले पेड लिभ लिन पाउने अधिकार हुन्छ। स्थायी कर्मचारी मात्र नभई सिफ्टमा कामगर्ने आंशिक समयको कर्मचारी वा पार्टटाइमरले पनि शर्त पुरा भएकोभए १ हप्ताको हिसाबले दिन वा घन्टा अनुसार पेड लिभ पाउछ्न। त्यस्तै कर्मचारीले पेड लिभ लिन चाहेको दिन को अघिल्लो दिन सम्ममा निश्चित गरेमा कारण नसोधी बिदा लिन सकिन्छ। कर्मचारीले बिदा लिएको कारणले काममा समस्या आउने उपयुक्त कारण भएमा अर्को दिन बिदा लिनको लागि रोजगारदाताले अनुरोध गर्नसक्छ तर साधारण रुपमा ब्यस्त हुने भएको भन्ने कुरा कारण हुदैन।
Q: अचानक अर्को महिनाबाट तलब घट्छ भनियो । यसलाई मान्ने पर्छ ?
A: रोजगार सम्झौता पत्र बाहेक काम सम्बन्धि नियम, रोजगारदाता र कर्मचारी युनियनको सहमतिबाट रोजगारदाता र कर्मचारीहरु दुई पक्षले तलब वा कार्य अबधिआदि रोजगारी शर्तको निर्णय गरिने कुरा सामान्य हो। त्यस्तै, यस्ता रोजगारीको शर्तहरु परिवर्तन गर्ने बेलामा पनि बिशेष अबस्थालाई छोडी, रोजगारदाता र कर्मचारीबिच सहमति हुनु जरुरि छ। त्यसकारण, कर्मचारीको सहमति बिना, रोजगारदाताले आफ्नै निर्णयमा ज्याला घटाउन सक्दैन। रोजगारदाताले कर्मचारीलाई ज्याला कटौती किन आवश्यक छ भन्ने बारेमा उचित स्पष्टीकरण प्रदान गर्नुपर्छ र कर्मचारीलाई विश्वस्त पार्नु पर्छ।
Q: कम्पनीले तलब दिदैन । के गर्ने होला ?
A:साधारणतया कर्मचारीलाई महिनाको एक पटक निश्चित मितिमा पूर्ण रूपमा नगदमा भुक्तानी गर्नुपर्छ। तलब भुक्तानी भएको छैन भने कम्पनी रहेको स्थानमा अबस्थित श्रम मानक निरीक्षण कार्यालय मा सल्लाह गर्नु पर्दछ। त्यस्तै, कम्पनी बन्द भएर तलब तिर्न नसक्ने अबस्थामा तलब भुक्तान सुरक्षा सम्बन्धि कानुनको “नदीइएको तलब परिपूर्तिप्रणाली” अनुसार तलब पाउन सकिन्छ। यसका लागि पनि श्रम मानक निरीक्षण कार्यालयमा सल्लाह गर्नु पर्दछ।
Q: कम्पनीमा १ बर्षको करारमा नियुक्त भएको भएपनि व्यक्तिगत कारणले बिचमा छोड्नु पर्ने भएर राजिनामा दिँदा सम्झौताको उल्लंघन भएको भनि तलबको एकभाग काटेर तलब दिइयो। मलाई यस बारे चित्त बुझेको छैन।
A: रोजगार सम्झौतामा अबधि निश्चित गरिएको खण्डमा अपरिहार्य कारणमा बाहेक काम छोड्न मिल्दैन। राम्ररी अबस्थाको जानकारी गराई रोजगारदातालाई बुझाउन जरुरि हुन्छ। तलबको हिसाब “नो वर्क नो पे” को सिध्दान्त अनुसार काम नगरेको अबधिको तलब दिइदैन। श्रम मानक कानुनमा “श्रम सम्झौता विफल भएको खण्डमा जरिवानाको नियम रहेको र क्षतिपूर्ति रकम लिने योजना गरि सम्झौता गर्न हुदैन” भनिएको छ। त्यसैले माथि लेखिए अनुसार जरिबाना गर्ने, क्षतिपूर्ति लिने भनि गरिएको सम्झौता गैर कानुनि हुन्छ।थप जानकारीको लागि, कृपया विदेशी कामदार परामर्श कर्नर मा सम्पर्क गर्नुहोस्।
Q: कारखानामा काम गरि रहेको छु। एकै देश बाट आएको हामी चार जना एक जापानी बिभाग प्रमुखको अधीनमा काम गरि रहेका छौं। आज बिभाग प्रमुखले “काम छोड” भन्यो। मलाई भनिए अनुसार काम छोड्नै पर्ने हो?
A: (१) आफ्नो इच्छा अनुसार काम छोड्ने (राजिनामा) (२) रोजगारदाताले काम छोड्न लगाउने(बर्खास्त वा सेवा निवृत्त को लागि सिफारिस) (३) रोजगारदाताले बर्खास्त् गरि निकालेको (अनुशासनको कारबाही) जस्ता काम छाड्ने तरिकाहरु छन्। आफ्नो कुरा कुन बुँदा सँग मेल खान्छ विचार गरि हेर्नुहोस्।
- हाकिमले जिस्किएको शैलीले छोड भनेको हो भने रोजगारदाताको औपचारिक नीति नियम अनुसार भनेको भन्ने सम्भाबना कम रहन्छ । छोड भन्दैमा छोड्नै पर्छ भन्ने हुदैन ।
- लगातार काममा गल्ती भई हाकिमले छोड भनेको भएमा रोजगारदाताको औपचारिक नीति नियम अनुसार छोड भनेको हुन सक्ने सम्भाबना बढि हुन्छ । यसरी रोजगारदाताको नीति अनुरुप कर्मचारीलाई काम छोडाउने कुरालाई “सेवा निबृतिको लागि प्रोत्साहन” भनिन्छ । सेवा निबृतिको लागि प्रोत्साहन काम बाट बाहिरिनको लागि भनिएकोले काम छोड्ने नछोड्ने बारे आफैले निश्चय गर्नु पर्दछ । साधारणतया कर्मचारीले सहमति नजनाए सम्म रोजगारदाताले एकपक्षीय रुपमा रोजगार सम्झौता पत्र रद्द गर्न मिल्दैन ।
- आफुले ठुलो समस्या सृजना गरेकोले हाकिमले छोड भनेमा “अनुशासनको कारबाही” गरेको हुन सक्छ । काममा वा व्यक्तिगत जिबनमा दुर्व्यवहार वा झैझगडा, उत्पीडन आदि गरेमा, अरुलाई ठेस पुग्ने कार्य गरेमा, रोजगारदाताको विश्वासमा घात गरेमा, रोजगारदातालाई नोक्सान हुने काम गरेमा, रोजगारदाता कम्पनीको नियमानुसार कारबाही (अनुशासनको कारबाही) गरिन सक्दछ । बिशेष गरि कस्तो कार्य गर्दा कस्तो कारबाही हुने भन्नेकुरा कम्पनीको कार्य सम्बन्धि नियमहरुले निर्देशित गरेको हुन्छ । रोजगारदाताले काम छोडाउदाको अबस्थालाई अनुशासनात्मक बर्खास्त भनिन्छ । त्यसो भएमा कारबाहीको कारण र कार्य सम्बन्धि नियमको आधारभूत नियमहरु हेरी निश्चित गर्नु जरुरि हुन्छ ।अनुशासनको कारबाहीको बारेमा चित्त नबुझेमा वा कार्य सम्बन्धि नियमको नियमहरुमा आधारित नभई कारबाही गरिएको भएमा रोजगारदातालाई शंसोधनको लागि अनुरोध गर्न पर्दछ ।
Q: प्राबिधिक प्रशिक्षार्थी भएर काम गरि रहेको छु। जनवरी महिनामा हरेक दिन बिहान ९ बजे देखि बेलुका ८ बजे सम्म काम गरे। फेब्रुअरीमा त्यति ब्यस्त नभएको भएर बिहान ९ देखि बेलुकी ६ बजे सम्म काम गरेको छु। तर जनवरीको तलब र फेब्रुअरीको तलब समान छ।ओभरटाइम भत्ता पाइदैन?
A: रोजगारदाताको आदेश अनुसार काम गरेको समयलाई “कार्य समय” भनिन्छ। आराम गर्ने समय छोडेर साधरणतया १ दिनमा ८ घण्टा र हप्तामा ४० घण्टा सम्मको समय लाई “कानुनी कार्य समय” भनिन्छ। यो भन्दा बढि समय भएमा ओभरटाइम काम गरेको मानेर अतिरिक्त तलब (ओभरटाइम भत्ता) पाउन सकिन्छ। त्यस्तै, रोजगारदाताले कर्मचारीलाई हप्ताको १ दिन वा ४ हप्ताको ४ दिन “कानुन सम्मत बिदा” दिनु पर्दछ । बिदाको दिनमा काम गरेमा थप तलब पाउन सकिन्छ।ओभरटाइम भत्ताको हिसाब गर्न कानुनले न्युनतम मापदण्ड निर्धारण गरेको छ। यस्ता मापदण्ड प्राबिधिक प्रशिक्षार्थी भए पनि लागु हुन्छ। तर, कृषि, पशुपालन, माछापालनका क्षेत्रमा भने यो मापदण्ड लागु नहुने भएकोले ध्यान दिनुहोस्।
Q: कार्य स्थलमा यौन उत्पीडन भोगी रहेको छु। जापानी हाकिमले मलाई यौनजन्य शब्द प्रयोग गरि रहेकोले नराम्रो लागिरहेको छ। यो समस्याको कसरि समाधान गर्न सकिन्छ होला?
A: काम गर्ने स्थानमा महिला पुरुषको समान अबसर तथा ब्यबहारको सुनिश्चितता सम्बन्धि कानुन को दफा ११ मा रोजगारदाताले कार्य स्थलमा यौनजन्य स्पष्ट वा असंबद्ध व्यवहार बिरुद्ध कर्मचारीहरुको सुनुवाई अनुसार सम्बन्धित कर्मचारीको कार्य शर्तको मामलामा दक्खल पुग्ने काम र यौनजन्य ब्यबहारिक शाब्दिक दुर्व्यवहारका कारणले कर्मचारीको काम गर्ने बाताबरणमा असर पुग्ने, काम गर्न नसक्ने किसिमले उपायहरु अपनाई कामको ब्यबस्थापन गर्न आवश्यक छ।यौन उत्पीडन भोगेको कर्मचारीले समाधानको लागि रोजगारदातालाई अपिल गर्नु पर्दछ। त्यस्तै कर्मचारी सँगठन छ भने त्यहाँका व्यक्तिसंग पनि परामर्श गर्दा राम्रो हुन्छ। ओसाका प्रिफेक्चर श्रम परामर्श केन्द्र यौन उत्पीडन बिरुद्ध परामर्शको लागि छुट्टै टेलिफोन रहेको छ। (०६-६९४६-२६०१ यौन उत्पीडन बिरुद्ध परामर्शको लागि मात्र व्यवस्था गरिएको टेलिफोन)
Q: काम गर्ने कम्पनी टाट पल्टिएर आम्दानी गुमेको अवस्था छ। बेरोजगार भत्ता पाउन सकिन्छ ?
A: रोजगार बिमाको बेरोजगार भत्ता भन्नाले बिमित टाट पल्टिएको, बर्खास्त गरिएको, आफ्नो इच्छा अनुसार वा उमेर पुगेर काम छोडेको कारणले काम बाट बिमुख भएको रकाम गर्ने इच्छा र खुबी भए पनि काम नपाएको खण्डमा त्यस व्यक्तिले पुन काम पाउने बेलाको निश्चित समयसम्म जीबनयापनलाई स्थिर बनाई राख्नको लागि र सकेसम्म नयाँ काम खोज्न सहज बनाउने उद्देश्यले दिइने भत्ता हो। टाट पल्टेको, बर्खास्त गरिएको आदि कारणले गर्दा अकस्मात काम गुमाएका व्यक्तिहरु बिशेष रुपमा भत्ताप्राप्त गर्न सक्दछन। बिशेष रुपमा भत्ता प्राप्त गर्न योग्य व्यक्ति वा बिशेष कारणले काम छोडेका व्यक्ति (निश्चित समय भएको श्रम सम्झौता पुरा भई नबिकरण नभएको कारणले काम बाट बिमुख भएका व्यक्ति वा उपयुक्त कारण भएका व्यक्ति)का सम्बन्धमा आफ्नो जागिरबाट अलग भएको मिति भन्दा अघिल्लो वर्षमा कुल ६ महिना वा सोभन्दा बढी समय रोजगार बीमामा भर्ना भएको छ भने, ज्यालामा आधारित दिनहरूको संख्या ११ वा सोभन्दा बढी भएको खण्डमा भत्ता पाउन सकिन्छ। नजिकै को हेल्लो वर्क मा आधारभूत भत्ता (बेरोजगार भत्ता) लिनको लागि प्रक्रिया अगाडी बढाउन पर्दछ।
Q:पार्ट टाइम काम गरि रहेको छु। सामाजिक बिमामा आबद्ध हुन सक्छु?
A: पार्ट टाइमर, आंशिक समय काम गरेको व्यक्तिले सामाजिक बिमामा आबद्ध हुनको लागि तलका शर्त पुरा गरेको हुनुपर्दछ।
- १ हप्तामा निश्चित कार्य घण्टा तथा १ महिनाको निश्चित कार्य दिन सोहि कम्पनीमा सोहि काम गर्ने स्थायी कर्मचारी लगायतको कर्मचारी को ४ भाग को ३ भाग भन्दा बढि भएको
- बुँदा १ को शर्त पुरा नभएपनि अर्को “आंशिक समयको कर्मचारीको शर्त” हरु सवै पुरा भएको
- हप्ताको निश्चित कार्य घण्टा २० घण्टा भन्दा बढि भएको
- कार्य अबधि १ वर्ष भन्दा माथि भएको वा हुने क्रममा रहेको
- मासिक तलब ८८,००० येन भन्दा माथि भएको
- बिद्यार्थी नभएको
- ५०१ भन्दा बढि कर्मचारी रहेको कम्पनीमा काम गर्ने
Q: बिरामी भई लगातार काम गर्न नसक्ने भएँ। बिदा बसेको समयमा तलब नपाएकोले समस्या परि रहेको छ।
A: काम भन्दा बाहिरको रोग, चोटपटकको उपचारको लागि बिदा लिएको भएमा स्वास्थ्य बिमा बाट “रोग चोटपटक भत्ता” पाउन सकिन्छ। रोग वा चोटपटक उपचारको लागि कामबाट बिदा लिएको दिन बाट लगातार ३ दिन (प्रतिक्षा अबधि) बिदा बसी चौथो दिन पछि पनि काममा जान नसकेमा चौथो दिन बाट दैनिक भत्ता पाइन्छ। प्रतिक्षा अबधिमा पेड लिभ, शनिबार, आइतबार, सार्वजनिक र पर्व बिदाहरु पनि समेटिन्छ। “भत्ता दिनु भन्दा अघि १२ महिनाको मासिक औसत आम्दानीको हिसाब गरि ३० दिनले भाग गरेको रकम (रोग चोटपटक दैनिक भत्ता) को ३ भाग मध्ये २ भाग बराबरको रकम)” नै न्युनतम प्राप्त गर्ने रकम हुनेछ।
घटना / दुर्घटना
Q: सवारी दुर्घटनाको शिकार भएको कारण अस्पतालमा भर्ना भएको छु। कस्तो प्रकारको क्षतिपूर्ति दाबि गर्न सक्छु?
A: क्षतिपूर्ति सवारी साधन दायित्व बीमा (अनिवार्य सवारी साधन दायित्व बीमा) वा गल्ती गर्ने चालकले राखेको स्वैच्छिक बीमाबाट भुक्तानी गरिनेछ। अनिवार्य सवारी साधन दायित्व बीमा व्यक्तिगत चोटपटक दुर्घटनाहरूमा मात्र लागू हुन्छ। साथै, यस बीमामा लाभहरूको मात्राको सीमा (१,२००,००० येन) छ, त्यसैले त्यो भन्दा बढी रकम स्वैच्छिक बीमाद्वारा कभर गरिनेछ।
दुर्घटना गराएको व्यक्ति थाहा नभएको खण्डमा वा सवारी साधन दायित्व बिमामा आबद्ध नभई क्षतिपूर्ति तिर्न नसक्ने भएमा सरकारी बिमा संस्थाबाट दायित्व बिमा बराबरको रकम भरपुर गर्न सकिन्छ। बिमा कम्पनीको दायित्व बिमा रकम दाबीका बारेमा केहि नबुझिएमा सवारी दुर्घटना परामर्श कक्षमा परामर्श गर्नुहोस्।
साधारणतया जापानी भाषामा मात्र काम काज हुने भएकोले अनुवादक पनि साथै लिएरजाँदा राम्रो हुनेछ।
विदेशीहरूका लागि कानुनी परामर्शको विस्तृत जानकारीको लागि, कृपया तलको लिङ्कमा हेर्नुहोस्।
- बार काउन्सिल सवारी दुर्घटना परामर्श
- बार एसोसिएसन विदेशीहरूका लागि कानूनी परामर्श
- सवारी बिमा दाबी परामर्श केन्द्र
- सवारी दुर्घटना विवाद समाधान केन्द्र
Q: साइकल दुर्घटना भई अर्को व्यक्तिलाई घाउ लाग्यो। कस्तो प्रकारको दायित्व सिर्जना हुन्छ?
A: सवारी ऐन अनुसार साइकल पनि सवारी साधनको एक किसिम हो। यदि दुर्घटना भई अर्को व्यक्तिलाई घाउ चोट लागेको छ, सामानमा हानी पु-याएको छ भने, तपाईं नागरिक क्षतिको लागि उत्तरदायी हुनुहुनेछ। थप रूपमा, लापरवाहीको मात्रामा निर्भर गर्दै, तपाईं आपराधिक क्षतिको लागि पनि उत्तरदायी हुन सक्नुहुन्छ। उपचार खर्च, बिदा बस्दाको भरण, क्षतिपूर्तिरकम आदि दायित्वहरु सिर्जना हुने भएकोले ओसाका प्रिफेक्चरले साइकल नियम बनाई साइकल चलाउने सबैले साइकल बिमा गराउन अनिबार्य गरेको छ।
Q: साइकल किन्ने बेलामा, साइकल दोकानको मान्छेले अपराध रोकथाम दर्ता गर्नको लागि सिफारिस गरे। के यो आवश्यक छ?
A: “साइकलको सुरक्षित प्रयोगको प्रोत्साहन र साइकल आदि पार्किङ उपायहरूको व्यापक प्रवर्द्धन सम्बन्धी ऐन” मा साइकल प्रयोग गर्ने व्यक्तिहरुले आफ्नो साइकलको अपराध रोकथाम दर्ता गर्नैपर्ने प्रावधान रहेको छ। साइकल विक्रेताहरूले पनि साइकल दर्तालाई प्रोत्साहन गर्न पहल गर्नैपर्ने भनेर भनिएको छ।
अपराध रोकथाम दर्ता, साइकल चोरी रोक्न तथा साइकल चोरी भएमा तुरुन्त पत्ता लगाउनको लागि उपयोगी हुनुको साथै पार्किङ गर्न नमिल्ने ठाउँमा साइकल राखि स्थानीय सरकारले लगेको साइकललाई फिर्ता ल्याउनको लागि पनि प्रयोग गरिन्छ।
ओसाका प्रिफेक्चर साइकल डिलर अपराध रोकथाम संघ (大阪府自転車商防犯協力会)
सार्वजनिक हित निगमित ओसाका प्रिफेक्चर अपराध रोकथाम संघ (公益社団法人 大阪府防犯協会連合会)
Q: विदेशी नागरिक श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमानसँग भेटघाट र अब उप्रान्तको अनुसन्धान कस्तो हुनेछ?
A: पक्राउ परेको खण्डमा अधिकतम ७२ घण्टा प्रहरी नियन्त्रणमा बस्नु पर्ने हुन्छ।थुनामा राख्ने निर्णय भएमा अधिकतम २० दिन सम्म थुनामा राखी, त्यस अबधिमा अभियोग लगाउने वा नलगाउने भन्ने बारेमा निर्णय हुन्छ। त्यस अबधिमा प्रहरी र अनुसन्धान कर्ताहरुले घटनाको अनुसन्धान गरि घटनाको रिपोर्ट तयार पर्दछन। औपचारिक रूपमा अभियोग लगाउने निर्णय भएपछि, उसलाई सामान्यतया मुद्दा सुरु नभएसम्म हिरासतमा राखिनेछ। यस अवधिमा, वकिलहरू बाहेक अन्य व्यक्तिले भेटघाट गर्न सक्छन तर साक्षी वा भेटको समय सीमा भने हुन सक्छ।
[ अन-ड्युटि अधिबक्ता प्रणाली ]
अधिबक्ता (वकिल) लाई नि:शुल्क एक पटकको लागी मात्र पठाइनेछ। पक्राउ पछिको प्रक्रिया, संदिग्धको अधिकार र परिवारका सदस्यहरूलाई सम्पर्क गर्ने बारे जानकारी पनि अनुरोध गर्न सक्नुहुन्छ। परिवार, चिनजानको व्यक्ति वा उक्तव्यक्ति स्वयंले अन-ड्युटी वकिलको लागि अनुरोध गर्न सक्छन्।
- ओसाका बार एसोसिएसन फोन: ०६-६३६३-००८०
Q: विदेशको सार्वजनिक संस्थाको लागि प्रहरी प्रमाण पत्र आवश्यक भएको छ।कसरि प्राप्त गर्न सक्छु ?
A: यस्ता प्रमाण पत्रलाई “यात्रा प्रमाण पत्र” वा “अपराधिक इतिहासको प्रमाण पत्र” भनिन्छ। यदि तपाईले ओसाका प्रिफेक्चरमा बसोबास दर्ता गराउनु भएको छ वा हाल जापान बाहेक अन्य देशमा बसोबास दर्ता गर्नुभएको छ तर जापानको अन्तिम बसोबास दर्ता भएको ठाउँ ओसाका हो भने ओसाका प्रिफेक्चरको प्रहरी प्रधान कार्यालय फोरेन्सिक बिभाग ओभेरसिज ट्राभल सेक्सन (फोन ०६-६९४३-१२३४) मा आबेदन दिन सक्नुहुन्छ।। यसका लागि कुनै शुल्क लाग्दैन । प्रमाण पत्र प्रकाशनको लागि तथ्य पुष्टि गर्ने कागज पत्रहरु (सरकारी संस्थानमा आवश्यक पर्ने कागजात) र पासपोर्ट लगायतका कागज पत्रहरु आवश्यक पर्दछ । जानकारीहरु अग्रिमरुपमा निश्चित गर्नु होस् । तथापि, प्रमाण पत्र चाहिएको निज व्यक्तिको सट्टामा अर्को व्यक्तिले आवेदन दिन मिल्दैन।
Q: पतिको हिंसाले चिन्तित भएको बिदेशी महिला हुँ।कसरी मद्दत लिन सक्छु?
A: “पति वा पत्नी हिंसा रोकथाम र पीडितहरूको संरक्षण सम्बन्धी ऐन” (DV रोकथाम ऐन) अन्तर्गत, पति वा पत्नीबाट शारीरिक हिंसा वा मौखिक वा शारीरिक हानिको घटनामा आत्मनिर्भरताको लागि रिपोर्टिङ, परामर्श, सुरक्षा र समर्थनको लागि एक प्रणाली राखिएको छ। यो कानुन पिडित बिदेशी भएपनि लागु हुन्छ। पार्टनर भन्नाले वैवाहिक सम्बन्धमा रहेका व्यक्ति मात्र नभएर वास्तवमा वैवाहिक सम्बन्धमा रहेका व्यक्तिको जस्तै स्थितिमा रहेका “लिभिङ्ग टुगेदर” मा संगै बस्ने जोडिहरुलाई पनि समावेश गर्दछ भन्ने बुझिन्छ।
यो कानून वैवाहिक सम्बन्धमा रहेको क्रममा वा सम्बन्ध विच्छेद तथा “लिभिङ्ग टुगेदर” सम्बन्धको अन्त्य पछि पनि हिंसा गरिएको अवस्थामा पनि लागू हुन्छ। पीडितको जीवन वा शरीरलाई हानि हुनबाट रोक्नको लागि पीडितको अनुरोधमा अदालतले पीडक भनिएको पार्टनरलाई पीडितकहाँ आउन वा निजलाई घरबाट बाहिर जान रोक लगाउन सक्ने व्यबस्था गरिएको छ (संरक्षण आदेश)।
हिंसा बाट चिन्तित हुनुहुन्छ भने परामर्श गर्न सकिने ठाउँहरु छन। प्रहरीसंग परामर्श गर्न पनि सकिन्छ। ओसाका महिला परामर्श केन्द्रले OFIX संग सहकार्य गरि विदेशी भाषाहरूमा परामर्श प्रदान गरिरहेको छ।
- ओसाका प्रिफेक्चर महिला परामर्श केन्द्र: ०६-६९४९-६०२२/०६-६९४६-७८९०
- त्यस बाहेक प्रिफेक्चरमातहतको परामर्श केन्द्र
Q: सहकर्मीले पिछा गरि दु:ख दिइरहेको छ। कहाँ कुरा गर्दा ठिक होला?
A: तपाई प्रति प्रेम या अन्य दयालु भावना देखाउन खोज्ने, अथवा यि भावनाहरु व्यक्त नभएमा आक्रोश पोख्ने हिसाबले, तपाई वा तपाईका नजिकका मानिसहरूलाई पछ्याउने, जासुसी गर्ने, तपाईको स्वीकृति बिना तपाई भएको ठाँउको जानकारी लिने जस्ता कार्य “स्टकिङ”, “पिछा गर्ने कार्य आदिको नियमहरू सम्बन्धी कानून” (स्टकर नियन्त्रण ऐन) द्वारा नियमन गरिएको छ।
यदि तपाईलाई पीछा गरिदै छ र असहज महसुस भएको बेलामा प्रहरीलाई सम्पर्क गर्नुहोस्। उजुरी कर्ताको अनुरोधमा, प्रहरीले पिछा गर्ने व्यक्तिलाई रोक्नको लागि चेतावनी दिने तथा निषेध आदेशहरू जारि गर्ने जस्ता प्रशासनिक कदमहरू लिन सक्छ। पीडकलाई गिरफ्तार गरेर हानी गर्ने कार्यहरू रोक्न र पीडितहरूका लागि सुरक्षात्मक उपायहरू लिन स्टकर नियन्त्रण ऐन र अन्य सान्दर्भिक कानून र नियमहरूको पनि प्रयोग गर्न सक्छन्।
ओसाका महिला परामर्श केन्द्रले पनि पिछा गर्ने कार्यबाट शिकार भएकाहरुलाई परामर्श सेवा प्रदान गरिरहेको छ।
- ओसाका प्रीफेक्चरल पुलिस स्टकर कोड ११० “सुतोका ह्याकु तो बान”: ०६-६९३७-२११०
- ओसाका प्रिफेक्चर महिला परामर्श केन्द्र: ०६-६९४९-६१८१
शिक्षा
Q: मेरो प्राथमिक विद्यालय जाने उमेरको बच्चा जापान आएर मसँगै बस्ने योजना छ। स्कुल खोज्नको लागि कस्ता विकल्पहरू रहेका छन?
A:विदेशी बच्चाको स्कुल छनौट गर्नु पर्दा सार्वजनिक, निजि र इन्टर्नेशनल स्कुल र जातीय स्कुल लगायतका विदेशी स्कुलहरु छन्।
[ सार्वजनिक बिद्यालयमा बिचमा प्रवेश ]
गर्न चाहेमा बसोबास दर्ता भएको नगर गाउ पालिकाको शिक्षा समितिमा परामर्श गरि “अध्ययन निर्देशिका” तथा “बिचमा भर्ना हुनको लागि अनुमति पत्र” लिनु पर्दछ । त्यस पछि निश्चित दिनमा प्रत्यक्ष स्कुलमा जानु पर्दछ ।
[ निजि बिद्यालयमा बिचमा प्रवेश ]
गर्न चाहेमा स्कुल अनुसार प्रक्रिया फरक हुने भएकोले प्रत्यक्ष स्कुलमा गई जानकारी लिनुहोस् ।
[ बिदेशी स्कुल ]
अंग्रेजी वा आफ्नो भाषामा पठनपाठन हुने स्कुल हो। केही शैक्षिक संस्थाहरूको रूपमा समावेश गरिएका छन् भने केही बिना अनुमतिका स्कुलहरु पनि हुन्छन। तिनीहरूलाई प्रायः विविध विद्यालयहरूको रूपमा वर्गीकृत गरिन्छ। बिचमा भर्ना हुने भएमा भर्नाको लागि कोटा छ छैन यकिन गर्नका लागि प्रत्यक्ष स्कुलमा सम्पर्क गर्नुहोस्।
Q: जापानी भाषा पटक्कै नजान्ने बच्चा छ तर आफ्नो देशमा माध्यमिक तह छ र अब जापानको माध्यमिक विद्यालयमा आउने योजना छ। कुनै सहयोग गर्ने प्रणाली छ?
A: ओसाका प्रिफेक्चर भित्रको निम्न र माध्यामिक विद्यालयमा सामान्य शिक्षकले नै जापानी भाषा पढाउने गर्दछन तर अवस्था हेरी अनुवादक वा शिक्षा सहयोगी पनि पठाइने व्यवस्था छ। अबिभाबकले स्कुलका बैठकहरुमा जादाँ भाषा नबुझ्ने भएमा पनि अनुवादकको लागि अनुरोध गर्न सकिन्छ। बिस्तृत जानकारीको लागि सम्बन्धित स्कुलका शिक्षकलाई सोध्नुहोस।बहुभाषी विधालय जीवन समर्थन जानकारीको पनि हेर्नु होस्
Q: सार्वजनिक स्कुलमा बच्चा लाई पठाई रहेकोले अध्ययन शुल्क निशुल्क भएपनि अन्य स्कुलका सामाग्री लगायतका खर्चका लागि पैसा लाग्ने भएकोले तिर्न सक्दिन।
A: आर्थिक कारणले गरेर निम्न वा माध्यामिक विद्यालयमा अध्ययन गरिरहेको विद्यार्थीलाई पढाई मा समस्या भएमा त्यस्ता बच्चाको अबिभाबकका लागि बच्चालाई अनिबार्य शिक्षा दिलाउन सजिलो हुने गरि शैक्षिक सहायता प्रणालीको व्यवस्था गरिएको छ। सामाग्री शुल्क, स्कुल बाहिरको गतिबिधि, अध्ययन भ्रमणको शुल्क, विद्यालय खाना शुल्कका लागि सहयोग गरिन्छ। यसका लागि आम्दानीको सिमारहेको छ। बच्चा जाने स्कुल वा शिक्षा समितिमा सल्लाह गर्नुहोस्।
Q: विदेशी नागरिकता भएको बच्चा छ। भर्खरै जापान आएको छ र जापानी भाषा जान्दैन। सार्वजनिक उच्च माध्यामिक विद्यालयमा भर्ना हुन सक्छ कि सक्दैन? जापानी विद्यार्थीले जस्तै समान परिक्षा दिनुपर्छ?
A: सार्वजनिक उच्च माध्यामिक विद्यालयमा भर्ना हुनको लागि एक प्रकिया पुरा गर्नुपर्दछ। सामान्य पाठ्यक्रमको लागि जापानी विद्यार्थीहरुले दिने जस्तै समान प्रकितिको परीक्षा दिनु पर्ने हुन्छ तर जापानी भाषा नबुझ्ने विद्यार्थीहरुका लागि ओसाका प्रिफेक्चरले विशेष व्यवस्था गरेको छ। ओसाका प्रिफेक्चरल शिक्षा बोर्डको सार्वजनिक उच्च माध्यमिक विद्यालय प्रवेश परीक्षाम विशेष व्यवस्था प्राथमिक विद्यालयको पहिलो कक्षा पछि अनिवार्य शिक्षामा स्थानान्तरण भएका विद्यार्थीहरूमा लागू हुन्छ।विशेष व्यवस्था भन्नाले
- परिक्षा अबथी लामो हुने
- शब्दकोश लिएर आउन पाउने
- प्रश्नको माथि हिरागाना (रुबी) मा लेखिने
पढाई सम्बन्धि जानकारीका लागि “बहुभाषी विधालय जीवन समर्थन जानकारीको होमपेज मा मनि हेर्नसकिन्छ। पढाई सम्बन्धि बहुभाषिक निर्देशनात्मक कार्यक्रम समय समय मा हुने भएकोले अबश्य यो सेवा लिनुहोस्।
जापानी भाषा पटक्कै नबुझ्ने भएमा सवै भन्दा पहिले जापानी भाषा स्कुलमा गई जापानी भाषाको क्षमता बढाउनु पनि उपयुक्त हुन्छ।
कृपया जापानी भाषा शिक्षा प्रवर्द्धन संघ( Association for the Promotion of Japanese Language Education)को वेबसाइट हेर्नुहोस्।
Q: विदेशी बच्चाहरुको लागि विशेष कोटा भएको उच्च माध्यामिक विद्यालयहरु छन्?
A: ओसाका प्रिफेक्चर भित्र चीन वा अन्य देशहरूबाट फर्केका विद्यार्थीहरू, साथै विदेशी विद्यार्थीहरूलाई भर्ना लिने विद्यालयहरु रहेका छन। चिन आदि देश बाट फर्की आएका वा विदेशी नागरिकता भएका छन् र सामन्य नियमको रुपमा प्राथमिक विद्यालयको चौथो कक्षा वा सोभन्दा बढिका कक्षामा भर्ना हुने विदेशी बिदेशी विद्यार्थीहरुले भर्ना हुन पाउछ्न।
बिस्तृत जानकारीको लागि, कृपया ओसाका प्रिफेक्चर शिक्षा बोर्ड, हाई स्कूल डिभिजनको वेबसाइटमा “चालू वर्षको लागि ओसाका प्रिफेक्चर सार्वजनिक उच्च माध्यमिक विद्यालय प्रवेश परीक्षा लागू गर्ने विद्यालयहरू” शीर्षकको फाइल हेर्नुहोस्।
Q: छात्रवृति प्रणाली हुन्छ? कसरि आबेदन दिन सकिन्छ ?
A: विश्वविद्यालय, जुनियर कलेज, र व्यावसायिक विद्यालय (विशेष पाठ्यक्रमहरू) मा निरन्तरता दिन उपलब्ध छात्रवृत्तिहरू, साथै उच्च विद्यालय वा व्यावसायिक विद्यालय (उन्नत पाठ्यक्रमहरू) मा निरन्तरता दिन उपलब्ध छात्रवृत्तिहरूको बारेमा जानकारीका लागि ओसाका प्रिफेक्चर शिक्षा समितिको होमपेज हेर्नुहोस्। पढ्न चाहेको स्कुल अनुसार स्कुलको आफ्नै छात्रवृति प्रणाली पनि हुन्छन।
Q: आफ्नो देशमा बस्ने दाजुभाईहरु जापानको विश्वविद्यालयमा पढ्न चाहिरहेका छन्। कस्तो प्रक्रिया अगाडी बढाएमा ठिक होला?
A:जापान विधार्थी सेवा संगठन(JASSO)को होमपेजमा जापानमा विदेशमा कसरी अध्ययन गर्ने भन्ने बारेमा धेरै भाषाहरूमा जानकारी प्रदान गर्दछ।
Q: जापानी भाषा पढ्न चाहन्छु।घर नजिकैको जापानी भाषा कक्षा खोज्न चाहन्छु।
A: ओसाका प्रिफेक्चर भित्रको जापानी भाषा कक्षाहरु खोज्नको प्रयोग गरिने सर्चसाईट प्रयोग गर्नुहोस्।
Q: बच्चालाई बिदेशी स्कुलमा पढाउन चाहन्छु। कस्तो स्कुल छन् होला?
A: कृपया ओसाका/कान्साई क्षेत्रका अन्तर्राष्ट्रिय विद्यालयहरूको सूची हेर्नुहोस्।
Q: निम्न माध्यामिक विद्यालय बाट उच्च माध्यामिक विद्यालय सम्म इन्टरनेशनल स्कुलमा पढेको छु। के जापानको विश्वविद्यालयमा जान सक्छु?
A: इन्टरनेशनल स्कुल विद्यालय शिक्षा कानुनको धारा १ अनुसार निर्देशित स्कुल नभएको भएर “विविध विधालय” को बुदाँमा पर्ने स्कुलहरु धेरै हुन सक्छन।विश्वविद्यालयको भर्ना हुनको लागि योग्य विद्यालयहरु शिक्षा मन्त्रालयको होमपेजमा हेर्नुहोस्।
जीवन यापन संबन्धित
Q: कम्पनीमा कार्यरत छु। फाइनल ट्याक्स रिटर्न फाइल गर्नै पर्छर?
A: तलब अलावाको आम्दानी २००,००० येन वा सोभन्दा बढी छ भने, दुई वा सोभन्दा बढी स्रोतहरूबाट २००,००० येन भन्दा बढी तलब प्राप्त गर्नुहुन्छ र बार्षिक २०,०००,००० येन भन्दा बढि आम्दानी भएमा, वा चिकित्सा खर्च कटौतीको लागि योग्य हुनुहुन्छ भने, कर स्रोतमा रोकिएको छ कि छैन भन्ने कुराको पर्वाह नगरी कर रिटर्न फाइल गर्नुपर्नेछ।
Q: फाइनल ट्याक्स रिटर्न आवेदन गर्न चाहन्छु तर बर्षान्त भन्दा पहिले स्वदेश फर्कने योजना छ। यस्तो अवस्थामा कर दाखिलाका लागि के गर्नु पर्छ?
A: फाइनल ट्याक्स रिटर्न आवेदनको अवधि प्रत्येक वर्ष फेब्रुअरी १६ बाट मार्च १५सम्म हुन्छ। त्यस भन्दा पहिले नै स्वदेश फर्कने भएकोले आवेदन दिन नसक्ने भएमा कर प्रशासक नियुक्त गरि जापान फर्की आए पछि करको हिसाब किताब गर्न अनुरोधगर्नु पर्दछ। कर प्रशासक नियुक्त गर्न नसकेमा पहिले नै कर कार्यालयमा “अर्ध-कर रिटर्न” फाइल गर्नुपर्नेछ।
कृपया आफ्नो स्थानीय कर कार्यालयमा गई बुझ्नुहोस्।
Q: व्यक्तिको स्थानीय नागरिक कर कसरि लगाइन्छ?
A:स्थानीय नागरिक कर “प्रिफेक्चर नागरिक कर” र “नगर नागरिक कर” को मिश्रण हो। बिदेशी भए पनि यहाँको “बासिन्दा” हो भने यो त्यस वर्षको जनवरी १ तारिखको उनीहरूको बसोबास स्थितिको आधारमा गणना गरिन्छ। बासिन्दा होइन भने सामान्यतया स्थानीय नागरिक कर लाग्दैन। व्यवसाय वा घर भएमा औसतमा कर तिर्नु पर्ने हुन्छ। बिस्तृत जानकारीका लागि आफु बस्ने नगर गाउँ पालिकामा सम्पर्क गर्नुहोस्। तलब आम्दानीगर्ने व्यक्ति भएमा कम्पनीले नै कर्मचारीको तलब बाट व्यक्तिगत नागरिक कर कटाई कर्मचारीको सत्तामा आफैले नगर वा गाउँ पालिकामा कर तिर्ने प्रणाली रहेको छ।
Q: बाइक चलाउन चाहन्छु तर मेरो देशको बाइक लाइसेन्स छैन।
A: दुई पांग्रे सवारीको नयाँ लाइसेन्स लिने भएमा, लिन चाहेको लाइसेन्सको प्रकृति अनुसार लिने तरिका फरक हुन्छ।
बिस्तृत जानकारीको लागि ओसाका प्रिफेक्चर प्रहरीको होमपेज हेर्नु होस्।
Q: इन्टरनेशनल लाइसेन्सको म्याद कति हुन्छ?
A: इन्टरनेशनल लाइसेन्स भनेकोजेनेभा कन्भेन्सनमा हस्ताक्षर गरेका देशहरु द्वारा जारी गरिएको एक विशिष्ट किसिमको लाइसेन्स हो। इन्टरनेशनल लाइसेन्स लागु हुने मुलुकहरुको लिस्टका लागि प्रहरी कार्यालयको होमपेज हेर्नुहोस्।
[ म्याद ]
लाइसेन्स बैध रहेको अबधि भित्र, त्यस्तै जापान प्रवेश गरेको दिन बाट गणना गर्दाको १ वर्ष भित्र सम्म लाइसेन्स बैध भई प्रयोग गर्न मिल्छ। तर, यद्यपि, यदि जापानमा बसोबास गर्ने र बासिन्दाको रूपमा दर्ता भएको विदेशी नागरिकले जापान छाडी त्यो मितिबाट तीन महिना भन्दा कम समयमा जापान फर्कन्छ भने, यसले यहाँ उल्लेख गरिए अनुसार अवतरण (वैध अवतरण) गठन गर्दैन। त्यसैले, पुन जापान प्रवेश गरेको दिन लाइसेन्समा उल्लेखित मितिलाई सवारी चलाउन सकिने समय अबधि मानिदैन।
Q: सेकेण्ड ह्यान्ड गाडी किनेको छु। कस्ता प्रक्रिया पुरा गर्नु पर्दछ?
A: सेकेण्ड ह्यान्ड गाडी खरिद पछि सवारी परिक्षण प्रमाण पत्रमा दिइएको सवारीधनीको नाम परिवर्तन गर्नको लागि “दर्ता परिवर्तन” गर्नु पर्दछ। सवारी खरिद गर्ने धनीले आफु बस्ने इलाकाको सवारी कार्यालय वा मोटर सवारी निरीक्षण तथा दर्ता कार्यालयमा गई आबेदन दिनु पर्दछ। पुरानो सवारी धनी र नयाँ सवारी धनीको ठेगाना एकै ठाउँमा भए नभएको हेरेर गर्नु पर्ने प्रक्रिया फरक हुन्छ। त्यस्तै, हलुका सवारीकोहकमा आवश्यक प्रक्रियाको लागि हलुका सवारी परिक्षण संगठन मा सम्पर्क राख्नुहोस।
Q: ठुलो इलोक्ट्रोनिक पसलमा खरिद गरेको इलेक्ट्रोनिक सामानको ग्यारेन्टी अबधि १ बर्षको छ।साधारण रुपमा राम्ररि प्रयोग गरेको भए पनि बिग्रिएको छ। मर्मतको लागि पठाउदा मर्मत शुल्क लाग्छ भनियो। के गर्दा होला?
A: तपाईं बस्ने नगर गाउँ पालिकामा रहेको उपभोक्ता मामिला केन्द्र मा सल्लाह गर्न सक्नुहुन्छ। विदेशी भाषामा सेवा नदिईने हुदाँ जापानी भाषा जान्ने साथी लिएर परामर्शको लागि जानुहोस। उपभोक्ताले बस्तु वा सेवा सम्बन्धी गुनासो या सोधपुछ गर्नको लागि बनाइएको सार्वजनिक संस्था नै उपभोक्ता मामिला सेन्टर हो।
Q: सम्बन्ध बिच्छेदको मुद्दा गर्नको लागि वकिल राख्न चाहन्छु तर त्यसका लागि पैसा छैन। वकिलको खर्च प्रदान गर्ने कुनै ठाउँ छैन?
A: सम्बन्ध बिच्छेद जस्ता पारिवारिक घटना वा देवानी मुद्दाको हकमा “नागरिक कानुनी सहायता प्रणाली” को प्रयोग गर्न सकिन्छ। निशुल्क कानुनी परामर्श, वकिलवा न्यायिक लेखनदासको परिचय, अदालतको खर्चहरुको अस्थायी रुपले अग्रिमभुक्तानी दिने व्यवस्था छ। यो व्यवस्था उपयोग गर्नको लागि आर्थिक समय सिमाहरु रहेका छन् त्यसैले आम्दानी सम्बन्धी प्रमाणपत्र हरु पेश गर्न जरुरि हुन्छ। जापानमा कानुनी रूपमा बसोबास गर्ने विदेशीहरूले पनि यो प्रणाली प्रयोग गर्न पाइन्छ। बिस्तृत जानकारीको लागि जापान न्यायिक सहायता केन्द्र (हो तेरास) मा सम्पर्क गर्नुहोस्।
Q: विदेशी भएको कारण मलाई भेदभाव गरिएको छ। मानव अधिकार सम्बन्धी परामर्श लिन चाहन्छु।
A: विदेशी मानव अधिकार परामर्श केन्द्रले विभिन्न भाषाहरुमा सेवा प्रदान गर्दछ।
- ओसाका कानुन बिभाग:
०५७०-०९०९११ (अंग्रेजी, चिनियाँ, कोरियाली, फिलिपिनो, पोर्चुगाली, भियतनामी, नेपाली, स्पेनी, इन्डोनेशियाली र थाई भाषामा) - ओसाका बार एसोसिएसन:
०६-६४६५-१२४८ (जापानी भाषामा बुकिङ) ०८०-७५४१-५८९१ (अन्य भाषामा बुकिङ)
कानूनी परामर्श दिनहरू: प्रत्येक शुक्रबार दिउँसो १ बजे देखि ४ बजे सम्म (आरक्षण आवश्यक)
Q: जापानको विश्वविद्यालयबाट स्नातक गरें। दिक्षान्त प्रमाण पत्र आफ्नो देशमा लाने बेलामा आधिकारिक छाप लगाएर प्रमाणित गरि लान जरुरि छ।यसलाई कहाँबाट आधिकारिक छाप लगाएर प्रमाणित गर्न सकिन्छ?
A: आधिकारिक छाप लगाएर प्रमाणित गर्ने सम्बन्धि जानकारीका लागि परराष्ट्र मन्त्रालयको होमपेज हेर्नुहोस्।
निवास संबन्धित
Q: सम्बन्ध बिच्छेद पछि बालबच्चासँग जापानमा नै बस्ने भएको छु। अहिले बसिरहेको घर निजि घर भएको र यसको भाडा महँगो भएकोले तिर्न गाह्रो भएको छ।त्यसैले प्रिफेक्चरद्वारा संचालित सार्वजनिक आवास भवनमा सर्न चाहन्छु।
A: प्रिफेक्चरद्वारा संचालित सार्वजनिक आवास भवन आवासको लागि समस्यामा परेकान्यून आय भएका व्यक्तिहरुका लागि हो। बसोबास दर्ताभएका विदेशीहरुले पनि भाडालिने शर्तहरु पुरा भएको खण्डमा आवेदन दिन सक्छन। एकल अभिभावक भएको परिवार भएमा सामान्य आवेदन र विशेष कोटाको आवेदन लिईन्छ। यदि तपाईंको आयको सिमाको शर्त पुरा भएको र ओसाका प्रिफेक्चरमा बस्नुहुन्छ वा काम गर्नुहुन्छ भने (काम गर्ने निश्चित भएकाहरू सहित) आवेदन दिन सक्नुहुन्छ। पहिले तपाईंले सर्ने बेलामा ग्यारेन्टर प्रदान गर्नुपर्थ्यो तर अब यो आवश्यक छैन।
निम्न १ देखि ५ नम्बरका बुदाँका व्यहोरा सँग मेल खाने एकल अभिभावकको परिवार भएमा, आवेदन अवधिको अन्तिम दिन सम्ममा २०बर्ष भन्दा कमको बालबालिका हुर्काइ रहेको भएमा “कल्याणकारी परिवारहरुका लागि” भनिने आव्दन श्रेणीमा आवेदन दिन सकिन्छ।
- मृत्यु, सम्बन्ध विच्छेद, वा विवाह बिना नै आमा वा बुबा बनेकाहरू
- एक वर्षभन्दा बढी समयदेखि पति/पत्नी जीवित वा कस्तो अवस्थामा छ भन्ने स्पष्ट नभएका व्यक्तिहरु (प्रहरिमा बेपत्ता भएको जानकारी दिएको खण्डमा)
- एक वर्षभन्दा बढी समयदेखि आफ्नो पति/पत्नीबाट अलग्गिएकाहरू (बसोबासदर्तामा १ बर्ष भन्दा पति वा पत्नीबाट टाढाभएको देखिएमा)
- एकल आमा भएको घरपरिवार जस्तै परिस्थितिमा रहेका परिवारहरू (पति पत्नी बिचको घरेलु हिंसा आदिका कारणले वैवाहिक सम्बन्ध लगभग टुटीसकेको अवस्थामा भएमा)
- पति वा पत्नी विदेशमा रहेको कारणले आश्रय पाउन नसकि रहेको व्यक्ति आदि
बिस्तृत जानकारीका लागि ओसाका प्रिफेक्चर संचालित आवास भवन को होमपेज हेर्नुहोस्।
Q: जापानमा बस्दै आएका विवाहित जोडी हौं। हामी दुवै काम गर्छौं र निश्चित मात्रामा आम्दानी भएकोले प्रिफेक्चरद्वारा संचालित सार्वजनिक आवासको लागि आवेदन दिन मिलेन। अन्य कुनै सार्वजनिक आवासका विकल्पहरू छन्?
A: मध्यम आय भएकाहरूका लागि सार्वजनिक भाडा आवास विकल्पहरू निम्न छन्।
[ सार्वजनिक भाडा आवास ]
ओसाका प्रिफेक्चरल हाउजिङ कर्पोरेसनको स्वामित्वमा रहेका भाडाका भवनहरुलाई सार्वजनिक भाडाका भवन भनिन्छ।आवेदनका शर्तहरु बसोबास दर्ता भई आयको सिमा पुरा भएका व्यक्तिहरुले आवेदन दिन सक्नेछन। (आवेदन) ओसाका प्रिफेक्चरल हाउजिङ कर्पोरेसन
[ ओसाका प्रिफेक्चरले निर्दिष्ट गरेको भाडाका उत्कृष्ट आवास ]
ओसाका प्रिफेक्चरले निर्दिष्ट गरेको भाडाका उत्कृष्ट आवास भनेको निश्चित आयस्तर भएका व्यक्तिका लागि चाहिने आवासको भाडाको निश्चित प्रतिशत सरकार वा ओसाका प्रिफेक्चरले अनुदान दिई घर भाडाको बोझ कम गराउने आवास भवन हो। सँगै बस्ने परिवार भएका, आय स्तरका सिमा पुगेका कुराहरु आवेदनका लागि चाहिने शर्तहरु हुन। बसोबास दर्ता भएका विदेशी नागरिकले पनि शर्त पुरा भएको खण्डमा आवेदन दिन सक्नेछन।
(आबेदन) ओसाका प्रिफेक्चरल हाउजिङ कर्पोरेसन
[ शहरी पुनर्जागरण एजेन्सी(UR)]
शहरी पुनर्जागरण एजेन्सी (UR) ले संचालन गर्ने भाडाका भवनहरु हुन्। एकल वा परिवार, सबैका लागि भाडाका कोठाहरु रहेका छन। यस्ता भवनमा बस्नका लागि पहिलेआउने लाई पहिलो प्राथमिकता दिने र ग्यारेन्टरको जरुरि हुदैन। आयको सिमा पुराभएका व्यक्तिहरुले आवेदन दिन सक्नेछन।
(आबेदन) URअर्बान अर्गनाइजेसन
Q:विदेशी विद्यार्थीले कोठा खोजी रहेको छ। कस्ता विकल्पहरू छन्?
A: विदेशी विद्यार्थीको लागि निम्न स्थानहरु उपयुक्त हुन सक्छ।
[ बिदेशी बिद्यार्थी छात्रावास ]
- ओसाका फु कोकुसाई को-यू जाइदनओसाका फु साकाइ -यूगाकुसेई काइकान (ओरिओन् होस्टेल)
- र्यूगाकुसेई सिएन किग्यो क्योर्योकु सुइसिन क्योकाइ कर्मचारीआवासमा बिदेशी बिद्यार्थी राख्ने कार्यक्रम
- क्योरिचु कोकुसाई को-यू स्योगाकु जाइदान गाकुसेई
- ओनो स्योगाकु काइउएनो सिबा ज्योसी गाकुसेइ -यो
प्रत्येक विश्वविद्यालयको आफ्नै छात्रावास पनि हुने हुदाँ त्यहाको विद्यार्थी विभागमा सल्लाह गर्नुहोस्।
[ सार्वजनिक आवास ]
परिवारका साथमा जापान आई अन्य भाडाका शर्तहरु पुरा भएको खण्डमा प्रिफेक्चर तथा नगर संचालित भवनहरुमा आवेदन दिन सकिन्छ।
Q: निजी भाडाको घरमा सर्न चाहन्छु। केही घरधनीहरू विदेशीहरूलाई भाडामा दिन हिचकिचाउँछन् भन्ने सुनेको छु। विदेशीहरूलाई स्वीकार गर्ने आवास फेला पार्ने कुनै उपाय छ?
A: ओसाका प्रिफेक्चरले सुरक्षित र विश्वासिलो भाडाका घरहरु दर्ता प्रणाली“ओसाका आन्जेन आन्सिन चिन्ताइ ज्यूताकु तोउरोकु सेइदो” स्थापना गरेको छ। यस प्रणाली अन्तर्गत, विदेशीहरु लगायत भाडाको घर सुरक्षित गर्न कठिनाइ हुने व्यक्तिहरूलाई अस्वीकार नगर्ने एक निश्चित गुणस्तरका निजी भाडाका घरहरू दर्ता गरिएका हुन्छन्। दर्ता गरिएका घरहरुको बारेमा जानकारी प्राप्त गर्न तपाईले सुरक्षित र विश्वासिलो भाडाको घर खोज्ने प्रणाली “आन्जेन आन्सिन चिन्ताइखेन्साकु सिस्टम” वा हाउजिङ सम्बन्धि सूचना प्रावधान प्रणाली “सेफ्टी नेट ज्यूताकुज्योहोउ तेइक्योउ सिस्टम” प्रयोग गर्न सक्नुहुन्छ।
साथै, तपाईले जापान भाडाका घरहरु व्यवस्थापन संघ “निहोन चिन्ताइ ज्यूताकुखानरि क्योकाइ” को वेबसाइटमा सूचीबद्ध “विदेशी भाषा बोल्ने घर जग्गा एजेन्ट” सँग पनि परामर्श गर्न सक्नुहुन्छ।
यदि तपाईले अझै पनि बस्नको लागि ठाउँ फेला पार्न सक्नु भएको छैन भने, ओसाका इन्टरनेशनल फाउण्डेशन (OFIX) मार्फत ओसाका प्रिफेक्चरलाई सम्पर्क गर्नुहोस्। (विदेशीहरुलाई घर भाडामा खोज्न सहयोग गर्ने “आवासीय सहयोग संस्थाहरु” सँग चिनजान गराईदिन्छौ।)
“आवासीय सहयोग संस्था” भनेको विदेशीहरु लगायत आवास समर्थन संस्थाहरू ती संस्थाहरू हुन् जसले निजी भाडा आवास सम्बन्धी विशेष आवास आवश्यकता भएका विदेशीहरू र अन्य व्यक्तिहरूलाई जानकारी, परामर्श र दैनिक जीवन समर्थन प्रदान गर्दछन्।
Q: मैले निजी घर भाडाको सम्झौतामा हस्ताक्षर गर्दैछु। मासिक घर भाडा “याचिन” बाहेक पनि साझा उपयोग शुल्क “क्योएकि-हि”, फिर्ता नहुने धरौटी “रेइ-किन्”, फिर्ता हुने धरौटी “सिकि-किन्”, र कमिशन शुल्क “च्यूकाइ तेसुर्यो” समेत लगाइयो। के जापानमा यी चीजहरूमा शुल्क लगाइनु सामान्य कुरा हो?
A: सामान्यतया भन्नुपर्दा, जापानमा घर भाडामा लिदाँ अन्य देशहरूको तुलनामा महँगोलाग्न सक्छ। किनभने, भाडाको घरको लागि आवश्यक पर्ने, खासगरी शुरुमा लाग्ने खर्च तथा सम्झौता नवीकरणसँग सम्बन्धित शुल्कहरू जापानको अनौठौ व्यापारिक अभ्यासका आधारमा लगाइन्छ। त्यस्ता लागतका उदाहरणहरूमा निम्न समावेश छन्, तर कुनै पनि गलतफहमीबाट बच्न सम्झौतामा हस्ताक्षर गर्नु अघि स्पष्टीकरणहरू ध्यानपूर्वक सुन्नु उत्तम हुन्छ।
[ साझा उपयोग शुल्क “क्योएकि-हि” (व्यवस्थापन शुल्क “खानरि-हि”)]
यसमा, बस्ने घर वा भवनमा साझारूपमा उपयोग हुने विद्युत, सरसफाई र सुविधाहरुको निरीक्षण गर्दा लाग्ने शुल्कहरू इत्यादि समावेश हुने, र सामान्यतया मासिक घर भाडाबाट अलग्गै भुक्तानी गर्ने प्रचलन छ। अन्य विदेशी मुलुकहरूमा जापानको साझा उपयोग शुल्क बराबरको रकम प्राय भाडामा समावेश गरेर लिने धेरै केसहरु हुन सक्छन्।
[ फिर्ता नहुने धरौटी “रेइ-किन्” ]
यो सम्झौता गर्ने बेलामा घरधनीलाई भुक्तान गरिने पैसा हो। धेरै जसो घर भाडाको १ देखि २ महिना बराबरको रकम बुझाउने गरिन्छ। यो पैसा फिर्ता हुँदैन, तर आजभोलि यो पैसा विना घर सर्न सक्ने आवासहरू पनि छन्।
[कमिशन शुल्क “च्यूकाइ तेसुर्यो” ]
यो, रियलस्टेट एजेन्ट “फूदोसान” लाई घर खोज्न सहयोग गरे बापत कमिशन शुल्कको रुपमा भुक्तान गरिने पैसा हो, र बढिमा एक महिनाको घर भाडा बराबरको रकम दिनेगरि तोकिएको छ। कमिशन शुल्क फिर्ता गरिदैन।
[ फिर्ता हुने धरौटी “सिकि-किन्” (सेक्युरिटी डिपोजिट “होस्यो-किन”) ]
यो, घरभाडा सम्झौता हस्ताक्षर गर्ने मितिमा घरधनीलाई बुझाउने एक निश्चित रकम हो। घरभाडा तिर्न नसकेमा वा घर छोड्दा कोठा मर्मत गर्नुपरेको खण्डमा चलाउने अभिप्रायले सामान्यतया १ देखि २ महिनाको घरभाडा बराबरको रकम जम्मा गरिन्छ। घर छोड्ने बेलामा घरको अवस्था चेकजाँच गरि, मर्मत लागत काटेर बाँकी पैसाघरधनीले फिर्ता गर्छन्। तर, कहिलेकाही सर-सामानहरुको मूल्यह्रासको हिसाबकिताब गरिने हुनाले जम्मा गरिएको धरौटीको केहि अंश फिर्ता नहुन सक्छ।
[ नवीकरण शुल्क “कोसिन-र्यो” ]
यो घरभाडा सम्झौता थप गर्दा लाग्ने शुल्क हो। यो शुल्कको रकम, घरभाडामा बस्ने व्यक्ति र घरधनी, दुबै पक्षहरुको आपसि सहमतिद्वारा निर्धारण गरिन्छ। नियमित सम्झौताको अवधि सामान्यतया दुई वर्ष हुन्छ र नवीकरण शुल्क फिर्ता गरिदैन।
*कतिपय अवस्थामा, घरभाडामा लिने व्यक्तिले अग्नि बीमा आदिको बिमा शुल्क तथा भाडा ग्यारेन्टर सेवाको लागि पनि भुक्तान गर्नुपर्ने हुन सक्छ ।
Q: घरभाडा सम्झौता गर्नको लागि मलाई ग्यारेन्टर राख्न भनियो। मेरो जापानमा चिनेजानेको कोहि पनि छैन, मैले के गर्ने?
A: आजकाल व्यक्तिगत ग्यारेन्टरको सट्टा घरभाडा ग्यारेन्टर कम्पनीको प्रयोग गर्ने कुराबढ्दै गएको देखिन्छ। बरु, यी घरभाडा ग्यारेन्टर कम्पनीहरूको प्रयोग गर्नेपर्ने पूर्वशर्त राख्ने केहि घरधनीहरु पनि छन्। कुनै कारणबस् घरभाडा तिर्न नसकेमा भाडामा बस्ने व्यक्तिको तर्फबाट घरभाडा ग्यारेन्टर कम्पनीले घरधनीलाई भाडा तिर्छ। यस्ता कम्पनीहरु सँग सम्झौता गर्दा पहिलो वर्षमा आधा देखि १ महिनाको घरभाडा बराबरको ग्यारेन्टी शुल्क तिर्नुपर्ने हुन्छ । दोस्रो वर्ष र त्यसपछि, नवीकरणशुल्क प्रतिवर्ष १०,००० देखि २०,००० येन हुने भनिएको छ।
Q: भाडामा बस्दा विशेष ध्यान दिनुपर्ने कुराहरु के-के हुन् ?
A: फोहोर फाल्ने नियमहरू पालना गर्ने र विशेष गरी दैनिक जीवनमा होहल्ला नगर्नु हो।फोहोर फाल्ने नियम ठाँउ अनुसार फरक–फरक हुन्छ। फोहोर कुन प्रकारको हो छुट्याउनै पर्छ र फोहोर अनुसार फोहर फाल्ने दिनहरु पनि फरक–फरक हुन्छन्। केही ठाँउहरूमा विदेशी भाषाहरूमा फोहोर फाल्ने नियमहरू लेखिएका पर्चाहरू उपलब्ध छन्, त्यसैले तिनीहरूलाई कुनैपनि समयमा हेर्न मिल्ने गरि तयार पारेर राखौ।
साथै, जापानी अपार्टमेन्ट भवनहरूमा, ध्वनि सजिलै छिमेकी कोठाहरूमा वा माथि वा तल जान सक्छ, त्यसैले तपाईंले राती अबेरदेखि बिहान सबेरैसम्म विशेष सावधानी अपनाउनु पर्छ। ठूला पार्टीहरू, संगीत वाद्ययन्त्रहरू बजाउने, र ठूलो स्वरमा कुराकानी गर्दा पनि समस्या खडा हुन सक्छ।
Q: भाडाको घरमा जडान गरेर राखिएको AC बिग्रियो।मर्मत खर्च कसले ब्योहोर्छ?
A: तपाईले वा घरधनी कस्ले मर्मत खर्च ब्योहोर्ने भन्ने बारेमा घर सर्ने बेलामा जडानगरिएको (प्रारम्भिक उपकरण) हो वा पहिला भाडामा बस्ने मान्छेले बाँकि छोडेको(छोडेको उपकरण) हो भन्ने आधारमा निर्भर गर्दछ। घरभाडा सम्झौतामा हस्ताक्षर गर्ने समयमा प्रदान गरिने “महत्वपूर्ण बिषयबस्तुहरुको पुस्तिका” मा कुन उपकरण प्रारम्भिक उपकरण हो भन्ने बारेमा वर्णन गरिएको छ। यदि प्रारम्भिक उपकरण बिग्रियो भने, अनुमति बिना यसलाई मर्मत नगर्ने, तर घरधनी वा आवास व्यवस्थापन कम्पनीलाई सम्पर्क गरि उनीहरुको निर्देशनहरूलाई पालना गर्नुहोस। यद्यपि, घरधनीले यसलाई सजिलै मर्मत गरिदिदैन, वा तपाई हतारमा हुनुहुन्छ भने, तपाईकोआफ्नै निर्णय अनुसार मर्मत गर्न सक्नुहुन्छ। यदि तपाईको लापरवाहीको कारणले बिग्रिएको हो भने तपाई आफैले मर्मत खर्च ब्योहोर्नु पर्ने हुन्छ। साथै, पहिला बस्ने मान्छेले छोडेको उपकरण हो भने, तपाईको आफ्नै खर्चमा मर्मत गर्नुपर्ने हुन्छ।
Q: बसी रहेको अपार्टमेन्ट छोड्ने भएँ। भित्तामा प्वाल परेको भनेर घरबेटीले डिपोजिट रकम बाहेकको मर्मत खर्च तिर्नको लागि भनेको छ। के गर्दा ठिक होला?
A: भाडामा बस्ने मान्छेले घर छोड्दा “पहिलेकै अवस्थामा फिर्ता दिन अनिबार्य” हुन्छ। भाडामा बस्नेको जानाजान वा लापारवाहि वा कमजोरीले गर्दा भएको फोहोर वा क्षति छ भने आफ्नै खर्चमा मर्मत गर्न पर्ने हुन्छ।पहिलेनै ”सेक्युरिटी डिपोजिट” गरेर राखेमा, सामान्यतया त्यसबाटै नै खर्च कटाईन्छ। साथै, भाडामा बस्ने मान्छेले घर छोड्ने बेलामा बाँकि रहेका सर-सामानहरु आफ्नै खर्चले फ्याकेर जानुपर्छ। तर, लामो समय सम्म बसेर भएको क्षति वा प्राकृतिक क्षति भने भाडामा बस्नेको जिम्मेवारी हुदैन। भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले “पहिलेकै अबस्थामा फिर्ता दिने सम्बन्धि समस्याहरुको बारेमा निर्देशिका” प्रकाशित गरेको छ। घर छोड्नु अघि एक पटक हेर्नुहोस्।
स्थानीय निकाय आदिले परिचालन गरेको वकिल सँग कानुनि परामर्श गरि कानुनीरुपमा बलियो भएर अन्त्यमा अदालतमा मुद्दा दायर गर्न पनि सकिन्छ। तपाईले मेलमिलाप वा मध्यस्थताको लागि ADR (वैकल्पिक विवाद समाधान) को प्रयोग गर्न पनि सक्नुहुन्छ।
Q: यदि आवास सम्बन्धि अरु पनि प्रश्नहरू भएको खण्डमा, कहाँ सोध्दा ठिक होला?
A: माथि उल्लिखित परामर्शका अतिरिक्त, ओसाका प्रिफेक्चरल हाउजिङ काउन्सिलिङ अफिसले विभिन्न आवास सम्बन्धी विषयहरूमा सल्लाह प्रदान गर्दछ। परामर्शहरू नि: शुल्क हुने र विदेशी नागरिकहरुले OFIX को सहयोगमा दोभाषेद्वारा आफ्नै भाषामा सल्लाह लिन सक्छन्।
फोन: ०६-६९४४-८२६९
*बिदेशीहरूले OFIX लाई सीधै कल गर्न सक्छन्।(०६-६९४१-२२९७)
स्थान: ओसाका-सि, च्यूओ-कू, ओतेमाय ३-२-१२ ओसाका प्रिफेक्चरल सरकारी कार्यालय एनेक्स पहिलो तला
कार्यालय समय: बिहान ९:०० बाट १२:०० बजेसम्म, दिउँसो १:०० बाट ५:०० बजेसम्म
अफिस हुने बारमा मात्र (सार्वजनिक बिदा, वर्षान्त र नयाँ वर्षको बिदा बाहेक)



